लैङ्गिक अल्पसङ्ख्यक समुदायद्वारा वैवाहिक समानताको माग « Khabarhub

लैङ्गिक अल्पसङ्ख्यक समुदायद्वारा वैवाहिक समानताको माग


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मितिनी नेपालले नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि वैवाहिक समानताको माग गरेको छ । सो संस्थाले यहाँ आज पत्रकार सम्मेलन गरी नेपालको संविधानमा उल्लेख ‘उत्पत्ति, धर्म, लिङ्ग, आर्थिकस्थिति, भाषा वा धर्म, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा राज्यले नागरिकतालाई भेदभाव गर्न नहुने’ भन्ने व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने मागसमेत गरेको छ ।

सोही अवसरमा अध्यक्ष लक्ष्मी घलानले सन् २०१२ मा सर्वोच्च अदालतले समलिङ्गी सम्बन्धलाई कानूनी मान्यता प्रदान गरी सँगै बस्न आदेश दिए पनि त्यसबारे अहिलेसम्म पनि कुनै कानूनी प्रमाण नहुँदा समुदायले विभिन्न समस्या भोग्नुपरेको गुनासो गरे । त्यसैगरी मुलुकी देवानी संहिता, २०७४ को विवाहसम्बन्धी व्यवस्थामा महिला र पुरुषबीच मात्र विवाह गर्न पाउने व्यवस्था गरेका कारण पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई विवाह गर्ने स्वतन्त्रताबाट वञ्चित गरिएको उनको भनाइ छ ।

मितिनी नेपाल र महिला, कानून तथा विकास मञ्चले संयुक्तरूपमा नेपाल सरकार, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र सङ्घीय संसद्लाई विपक्षी बनाएर गत मङ्सिर १९ गते नेपालमा यौनिक तथा अल्पसङ्ख्यक समुदायका लागि वैवाहिक समानताको माग गर्दै सर्वोच्च अदालतमा संयुक्तरूपमा रिट निवेदन दायर गरेका थिए । संवैधानिक इजालसले पुस २० गते पहिलो सुनुवाइ गर्दै कारण देखाउ आदेश माग गरेको छ ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  १० : ४८ बजे

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई