सरकारले ट्रेजरी बिलाबाट ७ अर्ब आन्तरिक ऋण उठाउने | Khabarhub Khabarhub

सरकारले ट्रेजरी बिलाबाट ७ अर्ब आन्तरिक ऋण उठाउने


२३ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले आजबाट ट्रेजरी बिल बोलकबोलमार्फत ७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबारबाट ७ अर्ब आन्तरिक ऋणका लागि १८२ दिन अवधिको नयाँ ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

यसैगरी सरकारले आजै १४ अर्ब १० करोडको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोलमा ल्याउने भएको छ ।

सरकारकाअनुसार केन्द्रीय बैंक अर्थात राष्ट्र बैंकले ले २८ दिन अवधिको २ अर्ब, ९१ दिन अवधिको ७ अर्ब १० करोड, एक बर्ष अवधिको ५ अर्बको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुने गरेका छन् ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ८ : ४५ बजे

जेन–जी प्रदर्शनकारीलाई उक्साएको आरोपमा फलेवासका वडाध्यक्ष पक्राउ

पर्वत – पर्वत फलेबास नगरपालिका–४ का वडाध्यक्ष अच्युत तिवारीलाई प्रहरीले

राष्ट्रिय बाल दिवसमा दीप प्रज्वलन, आन्दोलनमा ज्यान गुमाएका बालबालिकाप्रति श्रद्धाञ्जली

काठमाडौं – राष्ट्रिय बाल दिवस २०८२ को अवसरमा आइतबार काठमाडौंको

जेन-जीका नाममा ध्वस्त एमाले कार्यालयमा टाँगियो ओलीबिनाको ब्यानर

काठमाडौँ- जेन-जी आन्दोलनका ध्वस्त पारिएको नेकपा एमालेको च्यासलस्थित कार्यालयमा अध्यक्ष

नाइजेरियामा बस दुर्घटना हुँदा १९ महिला र बालबालिकाको मृत्यु

नाइजेरिया – नाइजेरियाको उत्तरी क्षेत्रमा विवाहमा सहभागी भई फर्किएको ‘जन्ती