बागमती प्रदेशसभाको बैठक स्थगित « Khabarhub

बागमती प्रदेशसभाको बैठक स्थगित


२३ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बागमती प्रदेशसभाको आज अपराह्न १२ बजे बस्ने भनिएको बैठक विशेष कारणवस माघ २६ गते अपराह्न १ बजे बस्ने गरी स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले यही माघ २६ गते बस्ने प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेशसभाका सभामुख भुुवनकुमार पाठकले जानकारी दिए ।

प्रदेशसभाअन्तर्गत रहेको विभिन्न पाँच समितिमा अध्यक्षसहित दलको प्रतिनिधित्व गर्ने सदस्यको नामावली लिएर आजै बसेको सर्वदलीय बैठकमा सहमति हुन नसकेको र साँझसम्ममा दोस्रो सर्वदलीय बैठक बस्न समयको अभावले गर्दा प्रदेशसभाको आजको पूर्ण बैठक स्थगित गर्नुपरेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

प्रदेशसभामा हाल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका एक सय १० जना प्रदेशसभाका सदस्य छन् ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ७ : १२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना