जुम्लामा ६ महिनामा पन्ध्र करोड राजस्व सङ्कलन « Khabarhub

जुम्लामा ६ महिनामा पन्ध्र करोड राजस्व सङ्कलन


२३ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

जुम्ला – आन्तरिक राजस्व कार्यालय जुम्लाले चालु आर्थिक वर्ष २०७९/०८० को छ महिनामा कूल लक्ष्यको ३५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । साउनदेखि पुससम्म रु २१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १५ करोड ४३ लाख ११ हजार मात्र राजस्व उठेको छ । कार्यालयको राजस्व सङ्कलनको वार्षिक लक्ष्य ४७ करोड ५६ लाख रहेको कार्यालय प्रमुख खेमनारायण रेग्मीले जानकारी दिए ।

कार्यालयको सोही लक्ष्यअनुसार वार्षिक राजस्व असुली हुने उनले उल्लेख गरे । गत वर्ष भने यही अवधिमा लक्ष्यभन्दा बढी नै राजस्व उठेको थियो । कोरोनापछि अर्थतन्त्र गतिशील नहुनु, बैंकमा ब्याजमाथि ब्याज थपिनु, व्यापारिक गतिविधि न्यून हुनुलगायतका कारणले राजस्व कम उठेको आन्तरिक राजस्व कार्यालय जुम्लाका प्रमुख रेग्मीको भनाइ छ ।

चालु आवको छ महिनामा विविध शीर्षकअन्तर्गत सो सङ्ख्यामा राजस्व उठेको कार्यालयले जनाएको छ । उक्त कार्यालयको जुम्लालगायत मुगु र कालीकोट जिल्लामा कार्य क्षेत्र रहेको कार्यालय प्रमुख रेग्मीको भनाइ छ । कार्यालयको तथ्याङ्कानुसार तीन जिल्लामा कूल ३० हजार दुई सय ८४ जना करदाता रहेका छन् । सबैभन्दा बढी आयकरतर्फ १४ हजार एक सय ७७ जना करदाता रहेका छन् । व्यक्तिगत प्यानतर्फ १४ हजार एक सय ७७ र भ्याटतर्फ एक हजार तीन सय ९८ जना रहेको आन्तरिक राजस्व कार्यालय जुम्लाले जनाएको छ ।

कार्यालयमा पाँचजनाको अधिकृतस्तरको दरबन्दी रहेकामा अहिले एकजना मात्र कार्यरत छन । छ जनाको नायब सुब्बाको दरबन्दी रहेको कार्यालयमा अहिले दुई जना मात्र रहेकाले स्थानीयस्तरमै कर शिक्षा र बजार अनुगमन गर्ने कठिन भएको छ । दरबन्दीअनुसार कर्मचारी नहुँदा कार्यालयलाई काम गर्ने सकस भएको कार्यालय प्रमुख रेग्मीले बताए ।। बजार अनुगमन र कर शिक्षा स्थानीय तहमै पुगेर काम गर्न लागिपरेको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  १० : ०१ बजे

‘धुरन्धर’ बन्यो रणवीर सिंहको करियरकै सबैभन्दा सफल फिल्म

काठमाडौँ — बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो फिल्म ‘धुरन्धर’ प्रदर्शनको

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुहारीमाथि आगो लगाइ हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ

कमलामाई– पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु

सीमा वार्ता मलेसियामा सार्न कम्बोडियाको आग्रह

एजेन्सी- कम्बोडियाले थाइल्यान्डसँगको सीमा विवादसम्बन्धी वार्ता तटस्थ स्थान मलेसियाको क्वालालम्पुरमा