आर्थिक विकासलाई केन्द्रमा राखेर कूटनीतिक सम्बन्ध राख्न आग्रह « Khabarhub

आर्थिक विकासलाई केन्द्रमा राखेर कूटनीतिक सम्बन्ध राख्न आग्रह


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सरकारले मुलुकको आर्थिक विकासलाई केन्द्र भागमा राखेर कूटनीतिक सम्बन्धलाई दीगो बनाइरहेको दावी गरेका छन् ।

मन्त्री ज्ञवालीले मुलुकको तीव्र आर्थिक विकास हुनेगरी कूटनीतिक पहलकदमी लिन राजदुतहरुलाई पनि आग्रह गरे । मंगलबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले सरकारले सन्तुलित ढंगले परराष्ट्र नीतिलाई अघि बढाएको बताए ।

मन्त्री ज्ञवालीले नेपालको कूटनीतिलाई सन्तुलित ढंगले अघि बढाउन पूर्व राजदुतहरुको अनुभवलाई सरकारले ग्रहण गरिरहेको पनि स्मरण गराए । मन्त्री ज्ञवालीले राष्ट्रहितमा केन्द्रित हुने गरी सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई अघि बढाएको पनि बताए ।

कार्यक्रममा मन्त्री ज्ञवालीले ‘नेपालको कूटनीतिक अभ्यासमा पूर्व राजदुतहरुको अनुभव’ नामक पुस्तक पनि विमोचन गरेका थिए ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ६ : ३० बजे

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ