पैसाका लागि अपहरणको नाटक, ६ पक्राउ | Khabarhub Khabarhub

पैसाका लागि अपहरणको नाटक, ६ पक्राउ


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एक समूहले पैसाका लागि अपहरणमा परेको नाटक मञ्चन गरेको तथ्य फेला परेको छ । यसरी अपहरणमा परेको भनी नाटक गर्ने छ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–१३ बस्ने ४७ वर्षका विदुर बस्नेत, चितवनको भण्डारा घर भई हाल नैकाप बस्ने दिलीप विक, सर्लाही घर भई बालाजु बस्ने भोला महतो, काभ्रेका जगतबहादुर भोलान र कान्छामाया जिम्बा तथा धादिङका आशमान लामा रहेका छन् ।

उनीहरू सबै चिनजानका मान्छे रहेको पाइएको छ । उनीहरूमध्ये विदुर बस्नेतले सुरुमा जगतबहादुरसँग पैसा सापटी लिएको तर लामो समयसम्म नतिरेको र सोही कारण बस्नेतको परिवारबाट पैसा असुल गर्न अपहरणको नाटक गरेको फेला परेको राठौरले जानकारी दिए ।

उक्त नाटक तयार पारी उनीहरू काठमाडौँको चन्द्रागिरि–१३ पुरानो नैकापस्थित कङ्काली पिस ब्याम्बो रिसोर्टमा बसेका थिए । त्यहाँबाट बस्नेतको परिवारमा अपहरण परेको र पैसा दिए छुटाइदिने भनेर फोन गयो ।

त्यसपछि परिवार सूचना लिएर प्रहरीमा पुग्यो । अनि महाशाखाको टोली आवश्यक रणनीति बनाएर कलङ्कीमा पैसा दिने सहमति बन्यो । त्यही बेला पैसा लिन आएका जगतबहादुर भोलानलाई नियन्त्रणमा लिइएको थियो ।

उनको बयानका आधारमा उनीहरू नैकापमा रक्सी खाएर बसेको पत्ता लागेपछि अन्य पाँचलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक राठौरले बताए । उनीहरूलाई थप अनुसन्धानका लागि आज जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  १० : ४२ बजे

कर वृद्धिको बावजुद अमेरिकी रोजगारीको दरमा वृद्धि

एजेन्सी – अमेरिकी कर वृद्धिका कारण अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न

माधवको धर्मसंकट : नैतिकता देखाउने कि ‘लिसो’ बन्ने ?

काठमाडौं- नेपालको समकालीन राजनीतिमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार

रुसको कुर्स्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु

मस्को– कुर्स्क क्षेत्रमा जारी भिडन्तका क्रममा नौसेनाका उप-कमाण्डरका रुपमा कार्यरत

 भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदनमा प्रतिरोध कायमै राख्छौँ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति