आजको मौसम : पश्चिमी वायुको प्रभावले देशभर आंशिक बदली | Khabarhub Khabarhub

आजको मौसम : पश्चिमी वायुको प्रभावले देशभर आंशिक बदली


२६ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो भने प्रदेश नं १, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

उता, राती भने प्रदेश १, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं। १, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

तराईका भू-भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्नेहुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार  ६ : २४ बजे

सरकारको काममा सन्तुष्ट छैनौँ, समर्थन दिन बाध्य छौँ

काठमाडौं– जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चन्द्रकान्त (सिके) राउत

नेप्टेचौर–काउरा–गिठिनी–पात्लेखेत सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–९ नेप्टेचौरबाट काउरा–गिठीनी–आखेत हुँदै वडा नम्बर १०

आईसीसी महिला टी–२० : आज नेपाल र हङकङ भिड्दै

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा आज नेपालले आफ्नो

साफ यु–१९ च्याम्पियनसिप : आज नेपाल र भारत खेल्ने

काठमाडौं– १९ वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले भारतसँग

अमेरिकी राष्ट्रपति ट्रम्प आजदेखि साउदीको भ्रमणमा, कतारले ५५ अर्बको बोइङ जेट उपहार दिने 

वासिंगटन डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज साउदी अरबको भ्रमणमा