गुलाबको फूल आयातमा सरकारले लगायो प्रतिबन्ध (परिपत्रसहित) | Khabarhub Khabarhub

गुलाबको फूल आयातमा सरकारले लगायो प्रतिबन्ध (परिपत्रसहित)


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले गुलाबको फुल आयातमा प्रतिबन्ध लगाएको छ।

भ्यालेन्टाइन डे अर्थात १४ फ्रेबुअरी लक्षित गरी गुलाबको फूल आयातमा अर्को सुचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाएको हो।

कृषि तथा पशुपन्छी मन्त्रालय अन्तरगतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र, हरिहरभवनकी प्रमुख सावित्री बरालले एक परिपत्र जारी गरी गुलाबको फूल आयातमा केही समयका लागि प्रतिबन्ध लगाइएको जानकारी दिएकी छन्। जसअनुसार काँकडभिट्टा, भण्टाबारी, विराटनगर, मलगंवा, जलेश्वर, वीरगन्ज, तातोपानी, एअरर्पोट, रसुवा, भैरहवा, कृष्णनगर, गड्डाचौकी, लोमान्थाङ, बैतडी नाकाबाट गुलाबको फूल आयात गर्न नपाइने भएको छ।

‘यस केन्द्र तथा अन्तरगतका कार्यालयहरूबाट विशेष कारणले अर्को व्यवस्था नभएसम्मका लागि गुलाबको फूल आयात नगर्नका लागि आयात अनुमति पत्र जारी गर्नुहुन सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ’ खनालले जारी गरेको परिपत्रमा भनिएको छ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ७ : २२ बजे

एम्बुलेन्स सेवामा एकरूपतास् सेवाका लागि देशभर एउटै नम्बर ‘१०२’ 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई एकीकृत गर्न

सीप सिकेर आफैँ उद्यम गर्दै मेचीनगरका महिला

झापा– मेचीनगर नगरपालिका–३ की सरस्वती बानियाँ सिलाइसम्बन्धी ‘एड्भान्स’ तालिम लिएपछि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम र म्याग्दीको तीन वटा

हेटौँडा उपमहानगर : एकै महिनामा तीन करोड ५० लाख राजस्व

बागमती– हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो महिनामा रु तीन