लिङ्ग परिवर्तन गराउनेमाथि कारवाही माग « Khabarhub

लिङ्ग परिवर्तन गराउनेमाथि कारवाही माग


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जीविकोपार्जनका लागि भारत गएका बेला मेरठ घर भएका इलियासले कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लाका सुरेन्द्रसिंह माललाई जबर्जस्ती लिङ्ग परिवर्तन गरिदिएपछि उहाँको जीवन ठूलो सङ्कटमा परेको छ ।

इलियासलाई कारवाहीको माग गर्दै आफ्ना बुबासँगै काठमाडौँ आएका पीडित सुरेन्द्रले आज (मंगलबार) पत्रकार सम्मेलन गरेर आफूलाई न्याय र बाँच्न पाउने आधारको खोजीका लागि आग्रह गरे। करीब चार वर्षसम्म आफूले भारतमा कठिन जीवन बिताएको भन्दै उनले आफूलाई यो हालतमा पुर्‍याउने आरोपीलाई जतिसक्दो चाँडो कानूनी कारवाहीको दायरमा ल्याउन सरकारसँग अपिल गरे ।

नेपालमा कक्षा १२ को पढाइ सकेर काम र पढाइको सिलसिलामा भारतको जम्बु गएका बेला भारतको मेरठ घर भएका इलियास नाम गरिएका ती व्यक्तिले आफूलाई अहिलेको हालतमा पुर्‍याएको उनले बताए। उनले भने, ‘मलाई इलियासले अपहरण गरेर लामो समय थाहै नभएका विभिन्न ठाउँमा राख्ने र विभिन्न काममा लगाउने काम गरे ।’ सोही अवधिमा त्यहीँको एक अस्पतालमा आफूलाई बेहोस बनाएर जबर्जस्ती आफ्नो लिङ्ग परिवर्तन गराउने काम भएको उनले बताए।

बेहोस अवस्थामा आफ्नो लिङ्ग परिवर्तन गराइसकेपछि दुई वर्षसम्म समलिङ्गीको समूहमा राखेर पैसा माग्न लगाउने, उनीहरुका काम गर्न लगाउने र कमाएको पैसा उनीहरुले लुटेर लैजाने गरेको पनि उनले बताए। अहिले आफ्नो लिङ्ग काटेर फालेको र सिलाएर पिसाब गर्ने ठाँउ मात्र राखेको भन्दै आफ्नो शरीरमा प्रजननसम्बन्धी कुनै विकास नभएको उनले बताए।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ८ : ५९ बजे

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा

म्याग्दीको धवलागिरिमा धमाधम योजना कार्यान्वयन

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा

एसइईमा कामपाका ७६.७५ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’

काठमाडाैं – काठमाडाैं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमध्ये चार वटा शत्प्रतिशत नतिजासहित

युद्ध क्षेत्रको दायरा विस्तार गरेको इरानी सेनाको दाबी

तेहरान – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)ले रणनीतिक रूपमा

कञ्चनपुरमा लागुऔषधसहित युवक पक्राउ

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाँमैलीमा लागुऔषध ब्राउन सुगरसहित एक