साफ महिला यू–२० फुटबल प्रतियोगिताको उपविजेता नेपाली टोली स्वदेश फिर्ता « Khabarhub

साफ महिला यू–२० फुटबल प्रतियोगिताको उपविजेता नेपाली टोली स्वदेश फिर्ता


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ ।

२३ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली विमान बंगलादेशको फ्लाइटमार्फत शुक्रबार दिउँसो स्वदेश फर्किएको हो ।

नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । प्रतियोगितामा सहभागी हुन नेपाली टोली १८ माघमा बंगलादेश प्रस्थान गरेको थियो ।

नेपाल ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमाल स्टेडियममा बिहिबार सम्पन्न फाइनल खेलमा घरेलु टोली बंगलादेशसँग ३–० ले पराजित हुँदै उपविजेतामा सिमित भएको थियो ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ६ : ०६ बजे

बत्ती अवरुद्ध हुने समस्या समाधान गर्न कर्णालीमा ‘यान्त्रिक क्रेन’ पठाइने

काठमाडौँ– सरकारले कर्णालीमा विद्युत् अवरुद्ध हुने समस्या समाधानका लागि ‘यान्त्रिक

आज जर्सीसँग एकदिवसीय प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज जर्सीसँग प्रतिस्पर्धा गर्दैछ

पहिरोले मेची राजमार्ग अवरुद्ध

इलाम– निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै वैकल्पिक

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

बाँके– बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती नदीमा पुल

राहदानी विभागमा नयाँ प्रणाली सुरु : एक करोड डेटा एकसाथ सारियो

काठमाडौँ – परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा धेरै