पाल्पा रानीमहलको पनि ३० रोपनी जग्गा अतिक्रमण « Khabarhub

पाल्पा रानीमहलको पनि ३० रोपनी जग्गा अतिक्रमण


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऐतिहासिक एवं पुरातात्विक महत्त्वको पाल्पास्थित रानीमहल दरबारको जग्गा अतिक्रमण भएको छ। मालपोत–नापीका कर्मचारीको मिलेमतोमा रानीमहलको जग्गा व्यक्तिको नाममा कायम गरिएको हो। राष्ट्रिय सतर्कता केन्द्रको छानबिनले रानीमहलको ३० रोपनी जग्गा अतिक्रमणमा भएको देखाएको अन्नपूर्ण पोस्टमा खबर छ।

नापी विभागको नक्सामा कित्ताकाट नभएको जग्गा नापी कार्यालय पाल्पाको नक्सामा कित्ताकाट पाइएको केन्द्रका सूचना अधिकृत डालनाथ अर्यालले जानकारी दिए। साविकको बोधगुम्बा गाविस वडा नम्बर २ सिट नम्बर ०९९–०३२३ कित्ता नम्बर ४६५ को केही भाग र सिट नम्बर ०९९–०३२४ कित्ता नम्बर ४६५ मा रानीमहल छ। यो महलको जग्गा क्षेत्रफल नापी कार्यालयमा ५ रोपनी १२ आना २ दाम कायम छ। तर, यसको उत्तर साविक खानीगाउँ वडा २ को सिट नम्बर ०९९–०३२४ को कित्ता नम्बर १६० मा १५ रोपानी १० आना १ पैसा २ दाम र कित्ता नम्बर १६६ मा १३ रोपनी ९ आना २ दाम छ। २०६० साल मंसिर १६ मा यो जग्गा कित्ताकाट गरी दुई कित्ता बनाइएको छ। कित्ता नम्बर ६६० मा ५ रोपनी ३ दाम र कित्ता नम्बर ६६१ मा ८ रोपनी ९ आना १ पैसा १ दाम कायम भएको मालपोत कार्यालयको दर्ता किताबमा उल्लेख रहेको सतर्कताको छानबिनमा छ।

०६२ माघ १८ मा पाल्पा दरबारमा भएको आगलागीबाट मालपोत तथा नापी कार्यालयका कागजात जलेर नष्ट भएको थियो। कागजात नष्ट भएपछि रानीमहलको जग्गा नै गायब गरिएको छ। मालपोत, नापीसहित तत्कालीन गाविस समेतको मिलेमतोमा रानीमहलको जग्गा खुम्च्याइएको प्रतिवेदनमा उल्लेख छ। खानी गाउँ विकास समितिको कार्यालयको २०६३ असार ४ को सिफारिसमा रानीमहलको कित्ता नम्बर ६६० को ५ रोपनी ३ दाम जग्गा खड्गभक्तेश्वर गुठीका मोही महालक्ष्मी श्रेष्ठको नाममा दर्ता कायम छ। कित्ता नम्बर ६६१ को ८ रोपनी ९ आना १ पैसा १ दाम च्रकपाणि पाण्डे, थमबहादुर थापा, दुर्गाबहादुर थापाको नाममा दर्ता छ। तर, यो जग्गाको हकमा हालसम्म श्रेस्ता कायम गर्न सम्बन्धित पक्ष आएको देखिँदैन।

कित्ता नम्बर ४६७ को १२ रोपनी ९ आना २ दाम जग्गा भने बोधगुम्बा रानी घाट गुठीका मोही थानबहादुर श्रेष्ठ को नाम दर्ता गरिएको छ। महलको दक्षिणमा रहेको कित्ता नम्बर ४६४ को ३० रोपनी १० आना ३ पैसा जंगल र कित्ता नम्बर ४६६ को १७ रोपनी १३ आना १ पैसा फूलबारी भनी दुवै कित्ता जग्गा सरकारी/सार्वजनिक रहेको प्रतिवेदनमा उल्लेख छ। जंगल र फूलबारी बगैंचाको जग्गामा भूमाफियाले आँखा लगाएका छन्। महलको पश्चिमतर्फ कालीगण्डकी नदी छ।

प्रतिवेदनमा बोधगुम्बा २ को कित्ता नम्बर ४६५ को जग्गा रानीमहलको भएको तर त्यसको स्रेस्ता मालपोत कार्यालयमा फेला नपरेको उल्लेख छ। यो जग्गाको उत्तर साविक खानी गाउँ–२ कित्ता नम्बर १६० को जग्गा बगरमा कायम छ। बौधगुम्बा २ कित्ता नम्बर ४६६ बगैंचा र कित्ता नम्बर ४६४ जंगल भनी उल्लेख छ। सतर्कताको स्थलगत अध्ययनअुनसार कित्ता नम्बर ४६६ बगैंचा भनी उल्लेख भएको कित्तामा गाडी गुड्ने सडक र खाली जग्गा पाइएको छ। यो जग्गा सरकारी/सार्वजनिक नै कायम भए पनि नापी कार्यालयबाट प्राप्त नक्सामा छुट्टै कित्ताकाट गर्न वा के उद्देश्यले शंकास्पद रूपमा पेन्सिल लाइनको कित्ता बनाएको देखिन्छ।

कित्ता नम्बर ४६७ रानीघाट गुठीका मोही थानबहादुर श्रेष्ठ को नाम देखिएको, खानीगाउँ वडा नम्बर–२ कित्ता नम्बर १६६ जग्गाधनी खड्गभक्तेश्वर गुठीको २०६० जेठ २५ मा मिसिल नम्बर ३४० खडा भई ५ रोपनी ३ दाम मोही महालक्ष्मी श्रेष्ठ कायम गरिएको थियो। यो जग्गा २०७२ असोज ५ को मालपोतको निर्णयअुनसार मोहीको नाम नामसारी भएको छ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ६ : ५० बजे

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः