सेना दिवसका अवसरमा प्रधानसेनापति खुला दौड प्रतियोगिता सुरु « Khabarhub

सेना दिवसका अवसरमा प्रधानसेनापति खुला दौड प्रतियोगिता सुरु


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सेना दिवसका अवसरमा आयोजित प्रधानसेनापति खुला दौड प्रतियोगिता आज काठमाडौँमा सुरु भएको छ। सैनिक मुख्यालय जङ्गी अड्डास्थित खेलमैदानबाट सुरु भएको उक्त प्रतियोगिताको प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरे। प्रतियोगितामा विभिन्न विधाका लागि कायम गरिएको दौडको दूरी पार गरेपछि सोही स्थानमा आएर समापन हुनेछ। सेनाले विसं २०७२ देखि स्थापना दिवसका अवसरमा यो प्रतियोगिता गर्दै आएको छ।

उक्त प्रतियोगिताअन्तर्गत आयोजना गरिएको पाँच किमीको वाकाथनमा प्रधानसेनापति शर्मा सहभागी छन्। उक्त वाकाथनमा सेनाका उच्च अधिकृतका साथै समाजमा विभिन्न पेसा व्यवसायसँग सम्बन्धित व्यक्ति सहभागी छन्।

प्रतियोगिताअन्तर्गत ४२ किमी दूरीको म्याराथन जङ्गी अड्डाबाट सुरु भई त्रिपुरेश्वर, माइतीघर, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक, भक्तपुर, पेप्सीकोला, गौशला, चाबहिल, महाराजगञ्ज, पानीपोखरी, नागपोखरी, भद्रकाली हुँदै सैनिक मुख्यालय पुगेर समापन हुनेछ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु तीन लाख, दुई लाख र एक लाख नगद प्रदान गरिने छ। प्रतियोगितामा तीन सय धावक सहभागी छन्। प्रतियोगिताअन्तर्गत २१ किमी हाफ म्याराथन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने महिला तथा पुरुष धावकलाई क्रमशः रु ७५ हजार, ५० हजार र ३५ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगितामा सात सय ५० धावक सहभागी छन्।

सैनिक सहचारी र सेनाका महाविद्यालयमा अध्ययनरत छात्रछात्रा सम्मिलित १० किमी दौडमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु १० हजार, सात हजार र पाँच हजार नगर प्रदान गरिने सेनाले जनाएको छ। प्रतियोगितामा पाँच सय धावक सहभागी छन्। नेपाली सेनाले यस पटक आफ्नो स्थापनाको २६० औँ स्थापना दिवस मनाउने क्रममा छ। सेनाले हरेक वर्ष महाशिवरात्रिको दिन सेना दिवस मनाउँदै आएको छ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ८ : २० बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज