पहाडी अस्पतालमा समस्यै समस्या « Khabarhub

पहाडी अस्पतालमा समस्यै समस्या


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रदेश नम्बर १ का पहाडी जिल्लाका बासिन्दा स्वास्थ्यउपचारका लागि तराईका महँगा अस्पतालमा पुग्नुपर्ने बाध्यता रहेको नागरिक दैनिकमा खबर छ। पहाडी जिल्लामा रहेका अस्पतालमा विशेषज्ञ सेवाको अभाव हुँदा तराईका अस्पतालको भर पर्नुपरेको हो। पहाडी जिल्लाका अस्पतालमा औजार, प्रविधि र अन्य भौतिक पूर्वाधारको पनि अभाव छ।

ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य केन्द्रमा सामान्य रोगको मात्रै उपचार पाइन्छ। जिल्ला अस्प्तालप्रति सेवाग्राहीको विश्वास हराउँदै गएको छ। सरकारले जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ र हेल्थपोस्टमा ४० किसिमका औषधि निःशुल्क वितरण गर्ने भने पनि पर्याप्त पाइँदैनन्।

ग्रामीण क्षेत्रका बासिन्दाको स्वास्थ्यमा पहुँच कम छ। जिल्ला अस्पतालहरु रेफर गर्ने ठाउँ बनेका छन्। ‘सामान्य उपचारका लागि पनि तराईका महँगा अस्पतालमा पुग्नुपर्ने बाध्यता छ। कतिले घरजग्गा बेचेर पनि उपचार गर्न नसक्ने अवस्था छ’, नागरिक अगुवा प्रेम ओझा भन्छन्, ‘बिरामीको उपचार गराउँदा रोइकराइ गर्नुपर्ने बाध्यता छ। निजी अस्पतालले लुट्नसम्म लुट्छन। कमजोर आर्थिक अवस्था भएका परिवारका सदस्यले उपचार नै नपाउने अवस्था छ।’ उनले सर्वसाधारणको स्वस्थ्यमा राज्यको ध्यान पुग्न नसकेको बताए। ‘सरकारले स्वास्थ्यको जिम्मा लिन सकेन’, उनले भने।

पाँचथर, ताप्लेजुङ, इलाम, तेह्रथुम, धनकुटा लगायतका जिल्लामा रहेका सरकारी अस्पतालबाट सामान्यबाहेक सेवा लिन सक्ने अवस्था छैन। वर्षा सुरु भएसँगै ग्रामीण क्षेत्रमा यातायात प्रभावित हुँदा उपचारका लागि निकै कठिनाइ बेहोर्नुपर्ने बाध्यता छ।

इलाममा रहेको ५० श­ड्ढयाको अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव छ। ‘आठजना विशेषज्ञ हुनुपर्नेमा ममात्र छु। सामान्य रोग र प्रसूतिबाहेक अपरेसनलगायतका उपचार गर्न सकेको अवस्था छैन’, इलाम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पनव राजयमाझीले भने।

निःशुल्क औषधि नारामात्रै

सरकारले २०७१ साल भदौ १३ गतेदेखि हरेक जिल्ला अस्पतालबाट ७० प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने घोषणा गर्‍यो। तर सरकारले अहिलेसम्म पनि निःशुल्कको सूचीमा रहेका सबै औषधि अस्पालमा पठाउन सकेको छैन। हालसम्म जिल्ला अस्पतालमा तोकिएअनुसारका औषधि नपठाइएको जिल्ला अस्पताल खोटाङका डा. नवीन देवकोटाले बताए।

निःशुल्क व्यवस्था गरिनुपर्ने औषधि अस्पतालमा नपाउँदा स्वास्थ्य बिमा गरेका नागरिक सबैभन्दा बढी मारमा परेका छन्। निःशुल्क पाउने औषधि अस्पतालको फार्मेसीमा नहुँदा स्वास्थ्य बिमा गरेका कतिपय बिरामी बाहिर गएर त्यही औषधि किनेर उपयोग गर्न बाध्य बनेको डा. देवकोटाले बताए। अस्पतालका अनुसार निःशुल्क औषधि उपलब्ध गराउने घोषणा गरे यता सरकार आफैंले तोकेअनुसारका औषधि कहिल्यै पठाउन सकेको छैन।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ७ : १३ बजे

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको

गोदावरीका अतिक्रमित संरचना हटाउन सुरु

गोदावरी– कैलालीको गोदावरी नगरपालिका-२ स्थित दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्रमा अतिक्रमण

उपचारका क्रममा सुर्खेतमा २० वर्षीय सुत्केरीको मृत्यु

कर्णाली– तिला गाउँपालिका-३ जुम्ला सार्कीबाडाकी २० वर्षीय अस्मिता नेपालीको उपचारका

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने