भक्तपुरमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु « Khabarhub

भक्तपुरमा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा भक्तपुरमा दुई जनाको ज्यान गएको छ।

चाँगुनारायण नगरपालिका वडा नं. ६ बाख्रीगाँउमा नगरकोटबाट तेलकोटतर्फ आउँदै गरेको प्रदेश ०३–०२–००९ प ५५०३ नम्बरको मोटरसाइकल सडकबाट करिब २० मिटर तल खस्दा चालक काठमाडौँ शंखरापुर नगरपालिका वडा नं. ५ पालुवारी बस्ने वर्ष ४० का शंखर भोलोन तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भई उपचारको लागि सुस्मा मेमोरियल अस्पताल साँखु काठमाडौँ लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ। मृतकको शव पोस्टमार्टमको लागी भक्तपुर अस्पताल ल्याइएको जनाइएको छ। थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

यस्तै सूर्य विनायक नगरपालिका वडा नं. ७ जोरपाटीमा बनेपाबाट जगातीतर्फ गइरहेकोको बा ४ ख ८९१२ नं. को बसलाई ओभरटेक गर्ने क्रममा सोही दिशातर्फ गुडिरहेको बा ९९ प ३४८५ नं. को स्कुटीले बससँग ठक्कर खाँदा स्कुटी चालक धनकुटा खोलीखर्क गाउँपालिका वडा नं. ७ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. २ झौखेल बस्ने वर्ष ३९ की ओमकुमारी श्रेष्ठको मृत्यु भएको छ।

गम्भीर घाइते भई उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थलमा वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले दुबै सवारी साधन र बस चालक भक्तपुर भक्तपुर नगरपालिका वडा नं. २ ईताछे बस्ने वर्ष ४१ को दयाराम देशेमरु वृत्त जगातीको नियन्त्रणमा रहेको जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ११ : २३ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल