रुपन्देहीमा २२औँ संस्करणको सुपरलिग आज सुरु हुँदै | Khabarhub Khabarhub

रुपन्देहीमा २२औँ संस्करणको सुपरलिग आज सुरु हुँदै


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भैरहवा – रुपन्देहीको भैरहवामा आज नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको २२ औं संस्करण सुरु हुँदैछ। २०५४ साल देखि निरन्तर जिल्लास्तरमा आयोजना हुँदै आएको नेपालकै एक मात्र सुपरलिग भैरहवामा सुरू हुने भएको हो।

रुपन्देही क्रीकेट संघको आयोजनामा भैरहवा स्थित सिद्धार्थ रंगशालामा हुने प्रतियोगिता चैत्र २ गतेसम्म हुनेछ। ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिमको सहभागिता रहेन प्रतियोगिता एकदिवसीय ५०–५० ओवर फर्मेटमा खेलाइने संघका अध्यक्ष हरि थापाले बताए। पहिला बी डिभिजनका १२ टिमलाई ४ समूहमा विभाजन गरी लिग खेलाइने र सो पश्चात् टप हुने टिम ए डिभिजनमा बढुवा हुने गरी प्रतिस्पर्धा गराइने संघका सचिव संजय गुरुङले बताए।

ए डिभिजनका ८ टिम र बी डिभिजनबाट बढुवा भएर आएका ४ टीमलाई पुनः ४ समूहमा विभाजन गरी लिग खेलाइने छ, लिगमा टप हुने ४ टिमबीच सुपर फोरमा प्रतिष्पर्धा गर्नेछन भने पुछारमा रहेको टिम अर्को वर्ष बी डिभिजनमा घटुवा हुने छ। टिमले धेरै खेल खेल्न पाओस् भन्दै गत वर्षबाट सेमिफाइनलको ठाउँमा लिग चरणका प्रमुख टिमले राउण्ड रोबिन लिग खेल्ने छन् जसबाट उच्च अंक प्राप्त गर्ने २ टिमबीच फाइनल प्रतियोगिता हुनेछ।

३ वटा बाहिरी जिल्लाका खेलाडीहरू खेलाउन सक्ने प्रावधान रहेको प्रतियोगितामा नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीहरूले खेल्ने छन्। यही प्रतियोगिताको योगदानले रुपन्देहीको टिम छनोट हुने गरेको छ। प्रतियोगितामा रुपन्देहीका धकधई र मर्चवार क्षेत्रको टिम सहभागिता नभए पनि अन्य सबै क्षेत्रका खेलाडीहरूको सहभागिता रहेको छ। रुपन्देही क्रिकेट सङ्घकै मद्दतले सय बढी खेलाडीहरू रुपन्देहीले नेपाललाई दिएको छ, जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाएका छन्।

प्रतियोगितामा विजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन्। प्रतियोगितामा म्यान अफ द सिरिजलाई १५ हजार रुपैयाँ, बेस्ट ब्याटर, बेस्ट बलर र उदयमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक दिनका म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने संघका सचिब संजय गुरुङले जनाए। संघले सगरमाथा इन्स्योरेन्स कम्पनीसँग सहकार्य गरेर प्रतियोगिता अवधिभर खेलाडी, कार्यसमिति तथा अफिसियलको १ लाख रुपैयाँसम्मको दुर्घटना बिमा गरेको छ। प्रतियोगिताको प्रमुख प्रायोजक नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका रहेको प्रतियोगिता संयोजक धिरज अधिकारी क्षेत्रीले बताए।

प्रतियोगिताको विजेता पुरस्कार रकम एक लाख रुपैयाँ एभरेस्ट कत्था मिल तथा उपविजेता पुरस्कार रकम रु ५० हजार रुपैयाँ रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले प्रायोजन गरेका छन्। नेपालका जिल्लास्तरमा ५० ओभरको सुपरलिग रुपन्देहीमा मात्रै आयोजना हुन्छ। संघले विभिन्न संघसंस्थासँग सहकार्य गरी लामो समयदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ।

आयोजकका अनुसार प्रतियोगितामा ए डिभिजनतर्फ सहभागी टिममा वेस्टर्न क्रिकेट क्लब बुटवल, न्यु होराइजन क्रिकेट क्लब बुटवल, लुम्बिनी खुकुरी क्रिकेट क्लब, तिलोत्तमा क्रिकेट क्लब, मणिग्राम, एक्स्पर्ट जीआर बेलबास, तिरुपति क्रिकेट क्लब, भैरहवा, मेलबर्न क्रिकेट क्लब भैरहवा, बुद्ध क्रिकेट क्लब भैरहवा रहेका छन्। ,बी डिभिजनबाट नेपथ्य ज्ञानोदय क्रिकेट क्लब नयाँमिल, शंकरनगर क्रिकेट क्लब, शंकरनगर, गोलपार्क क्रिकेट क्लब, बुटवल, बुटवल युथ क्रिकेट क्लब बुटवल, साई ग्लोबल एकेडेमी, भैरहवा, लुम्बिनी शाक्यान क्रिकेट क्लब लुम्बिनी, प्रोफेसनल मास्टर्स ११, भैरहवा, स्टार क्रिकेट क्लब पड्सरी, सैनामैना क्रिकेट क्लब, सेनामैना, बुटवल ११, बुटवल राइनोज, बुटवल, देवदह क्रिकेट युनिट देवदह छन्। प्रतियोगिता सम्पन्न गर्न करिब १६ लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  १२ : ०० बजे

आइबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज २७ गते आइबार सन्

नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – विश्वका ३७ देशका सेनालाई पछि पार्दै यस वर्षको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल असोज २७ गते आइतबार तदनुसार

आज २०८१ साल असोज २७ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज २७ गते आइतबार तदनुसार

टेस्लाको रोबो ट्याक्सी ‘साइबरक्याब’ सार्बजनिक, के के छन् विशेषता ?

काठमाडौं – एलन मस्कको टेस्लाले आफ्नो पहिलो रोबोट ट्याक्सी ‘साइबरक्याब’