सैनिकको कारबाहीमा एक सय १७ लडाकु मारिए « Khabarhub

सैनिकको कारबाहीमा एक सय १७ लडाकु मारिए


२८ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सोमाली सेनाले अल–शबाबविरुद्ध गरेको पछिल्लो कारबाहीमा एक सय १७ जना लडाकू मारिएका छन् । अमारा शहर नजिक शुक्रबार भएको आठ घण्टा लामो कारबाहीमा ती लडाका मारिएका सोमाली राष्ट्रिय सेनाका एक अधिकारीले बताएका छन् ।

अशान्त सोमालियाको राजनीतिक स्थायित्वका निम्ति खटिएका अन्तर्राष्ट्रिय साझेदार मुलुकका सैनिकको सहयोगमा उक्त कारबाही गरिएको हो । कारबाहीमा बाँचेकाहरू जङ्गलतर्फ भागेकाले उनीहरूको व्यापक खोजी भइरहेको छ । हालैका दिनमा अन्तर्राष्ट्रिय साझेदारसहितको राष्ट्रिय फौजले अल–शबाबविरुद्धको कारबाहीलाई तीव्र बनाएको छ । साथै उसको पकडमा रहेका क्षेत्र राज्यको नियन्त्रणमा ल्याउन सफलता मिलेको छ ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ८ : ४१ बजे

भरतमोहन पुत्रीको चुनावी बाचा : युवालाई मनपरेको काम, गोजीमा दाम, गाउँ-ठाउँमा नाम

काठमाडौं- पूर्वअर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारी पुत्री लीमा राष्ट्रिय स्वतन्त्र पार्टी

बुधबार १११ वटा कम्पनीको बढ्यो सेयर मूल्य

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ

संसद् फर्काउन कांग्रेसले दिएको रिटमाथि सकियो सुनुवाइ, आदेशको प्रतिक्षा

काठमाडौं- गत भदौ २७ गते विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर