क्लब बिश्वकपको उपाधि रियल म्याड्रिडले जित्यो « Khabarhub

क्लब बिश्वकपको उपाधि रियल म्याड्रिडले जित्यो


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस क्लब रियल म्याड्रिड फिफा क्लब विश्वकप च्याम्पियन बनेको छ।

साउदी अरेबियाको अल हिलालमाथि ५–३ को जित निकाल्दै रियल म्याड्रिड पाँचौंपटक क्लब विश्वकपको च्याम्पियन बनेको हो।

मोरक्कोको रावतस्थित स्टेड प्रिन्स मोउले अब्दल्लाहमा भएको खेलमा हिलाललाइ हराउँदै रियल उपाधी उचाल्न सफल भएको हो ।

रियलका भिनिसियस जुनियर र फेडे भाल्भेर्डेले २–२ तथा कप्तान करिम बेन्जेमाले एक गोल योगदान गरेका थिए ।

अल हिलालका लुसियानो डारियो भिट्टोले दुई तथा मोउसा मारेगाले एक गोल मात्रै गरे पछि उपबिजेतामा सिमित भयो ।

यससँगै उपाधि नजिक पुगेको अल हिलाल क्लब विश्वकप जित्ने पहिलो एसियाली टिम बन्ने अवसर पाउँदा पाउँदै पनि चुकेको छ।

रियलले मात्रै यसअघि सन् २०१४, २०१६, २०१७ र २०१८ मा उपाधि जितेको थियो। पछिल्ला १० संस्करण युरोपियन क्लबले मात्रै क्लब विश्वकपको उपाधि जितेका छन्।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ८ : ०५ बजे

आज जर्सीसँग एकदिवसीय प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज जर्सीसँग प्रतिस्पर्धा गर्दैछ

पहिरोले मेची राजमार्ग अवरुद्ध

इलाम– निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै वैकल्पिक

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

बाँके– बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती नदीमा पुल

राहदानी विभागमा नयाँ प्रणाली सुरु : एक करोड डेटा एकसाथ सारियो

काठमाडौँ – परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा धेरै

हेटौँडामा बाढी: चालकसहित ट्रक बगायो

हेटौँडा- हेटौँडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलामा सोमबार बिहान आएको बाढीले