महोत्तरीमा ६ घण्टासम्म बन्धक बनाएर बालकमाथि निर्घात कुटपिट | Khabarhub Khabarhub

महोत्तरीमा ६ घण्टासम्म बन्धक बनाएर बालकमाथि निर्घात कुटपिट


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरीको बर्दिबासमा एक बालकलाई ६ घण्टासम्म बन्धक बनाएर निर्घात कुटपिट गरिएको छ। बर्दिबास-१२ बस्ने १४ वर्षीय इन्द्रजित कुमार महतोलाई माटोको खुत्रुकेमा जम्मा गरेको पैसा चोरी गरेको आरोपमा स्थानीयले निर्ममतापूर्वक कुटपिट गरेका हुन्।

पीडित परिवारकाअनुसार स्थानीय युवाहरू रन्जित महतो, सन्जित महतो, हरि महतो, रामजन्म महतो, सुशील महतो र रन्जित चौधरीले ६ घण्टासम्म बन्धक बनाएर कुटपिट गरे।  प्रत्यक्षदर्शीका अनुसार पीडक युवाहरूले बालकलाई मोटरसाइकलको पछाडि राखेर घिसार्दै आरोपित मध्यका सन्जित महतोको घरमा पुर्‍याएर ६ घण्टासम्म यातना दिएको पीडित परिवारको आरोप छ।

गत २३ माघमा भएको उक्त घटनाको अहिले खुलासा भएको हो। सो दिन १२ बजे नियन्त्रणमा लिएर बेलुका ६ बजे मात्र छाडेको पीडित वालक इन्द्रजित महतोले बताए। ‘मलाइ बाइकमा घिसारेर सन्जित महतोको घरमा पुर्‍याए अनि डोरीले दुवै हात बाँधेर झुन्ड्याएर कुटपिट गरे।’  पीडित इन्द्रजितले रुँदै भने, ‘खुकुरी देखाए। पैतालामा तारले कुटे। मलाई पानीमा मुन्टो डुबाए अनि पैतालामा पनि असह्य हुने गरी पिटे। टाउकोमा पनि औँठी लगाएको हातले जोडले मारे।’

पीडित बालकको पैतालामा सिर्कनाले हानेको अझै नीलडाम देख्न सकिन्छ। हिँडडुल गर्न समेत समस्या बनिरहेको अवस्थामा उनी विद्यालय जान सकेका छैनन्। महतोको ढाडमा लट्ठीले हानेजस्तो सुम्ला देखिन्छन् भने खुट्टामा गहिरो नीलडाम छ। निर्घात कुटपिट गरेर बेलुका छाडेपछि पीडित परिवारजनले गाउँमा नै रहेको सुरज बस्नेतको क्लिनिकमा पुर्‍याएर उपचार गरेका थिए। ‘उपचारमा मात्र २ हजार खर्च भयो, आम्दानीको स्रोत केही छैन’, पीडित बालककी आमा कोशिला देवीले भनिन्। घटना पछि कोशिला देवीलाई समेत घरमा आएर ती युवाहरूले अभद्र व्यवहार गरेको थिए।

पीडित वालकका बुबा भोला महतो बर्दिबासस्थित एक वेकरीमा काम गर्छन्। आफ्नो छोरालाई निर्घात कुटपिट गर्ने युवाहरुलाई कडा कारबाही गर्न पीडित परिवारले माग गरेको छ। घटना भएको भोलिपल्ट नै प्रहरी चौकी हात्तिलेटमा निवेदन दिएता पनि प्रहरीले त्यसको खासै वास्ता गरेको छैन। हात्तिलेटस्थित प्रहरी चौकीका इन्चार्ज इन्द्रजित ठाकुरले घटनाको विषयमा जानकारी भएता पनि पीडितहरू नै जाहेरी दिन नआएको जिकिर गरेका छन् तर पीडित पक्षले प्रहरी चौकीबाट ३ सय दस्तुर लिएर निवेदन दर्ता गरिसकेको दाबी गरेका छन्।

प्रहरी उपरीक्षक प्रकाश मल्लले पनि घटनाको विषयमा जानकारी लिएर अनुसन्धान प्रक्रियालाई अगाडि बढाउने बताएका छन्।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ९ : १९ बजे

टेस्लाको रोबो ट्याक्सी ‘साइबरक्याब’ सार्बजनिक, के के छन् विशेषता ?

काठमाडौं – एलन मस्कको टेस्लाले आफ्नो पहिलो रोबोट ट्याक्सी ‘साइबरक्याब’

इजरायली आक्रमण कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु

गाजा – उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा इजरायली सेनाले आफ्नो

महिला टी–२० विश्वकप : श्रीलंकाविरुद्ध न्यूजिल्याण्डको उत्कृष्ट जित

काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत न्यूजील्याण्डले श्रीलंकालाई पराजित

देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको छः सञ्चारमञ्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश र जनतालाई

नेपालबाट यसबर्षको मनसुन बाहिरियो

काठमाडौं – नेपालबाट यसबर्षको मनसुन बाहिरिएको छ । जल तथा