बसको ठक्करबाट पैदलयात्रीको मृत्यु | Khabarhub Khabarhub

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

तनहुँ- पृथ्वीराजमार्ग सडकखण्डको आबुँखैरेनी गाउँपालिका–३ गाउँपालिका चोकमा आज बिहान बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। डुम्रेबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग १ ख ६३०७ नं को बसले ठक्कर दिँदा सोही वडा निवासी पैदलयात्री ४० वर्षीय मीनबहादुर विकको मृत्यु भएको हो ।

ठक्करबाट सख्त घाइते विकलाई उपचारका लागि तत्कालै चितवन मेडिकल कलेजमा लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भानु शर्माले जानकारी दिए। उक्त घटना पछि ठक्कर दिने बस र बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनले बताए।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  १२ : २६ बजे

पुवा खोलामा बेलिब्रिज , ३६ किमी दुरी छोटियो

फिक्कल– इलाम सदरमुकामदेखि झापाको विर्तामोड जोड्ने छोटो दुरीको केचना–कञ्चनजङ्गा (मेची

आम्दानीको स्रोत बन्दै भैंसे सिमी

दोलखा– जिल्लाको जिरी नगरपालिका-६ बुलडाँडा गाउँका स्थानीय शेर्पा समुदायले तरकारी

बागमतीका मुख्यमन्त्री लामाले आइतबार सशर्त राजीनामा दिने

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार राजीनामा दिने भएका

सहकर्मीबाटै किशोरीको ह*त्या, युवक पक्राउ

धनगढी– कैलालीमा १७ वर्षीया किशोरी याचना सेजवालको चक्कु प्रहार गरी

दुनाटपरी बनाएर आत्मनिर्भर बने महिला समूह

कैलाली– यहाँको धनगढी उपमहानगरपालिका–७ देवरीयाका पाँच जनाको महिला समूहले दुनाटपरी