जंगलमा खानेकुरा नपाएपछि राजमार्गमा बाँदर  | Khabarhub Khabarhub

जंगलमा खानेकुरा नपाएपछि राजमार्गमा बाँदर 


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सर्लाही– पूर्व–पश्चिम राजमार्गको पथलैयादेखि बर्दिबाससम्मको सडक छेउमा यतिबेला बाँदर छ्याप्छ्याप्ती देखिन्छन् । जंगलमा पाइने खानेकुरा खाएर बाँच्दै आएका बाँदर पछिल्लो समय बस्ती र राजमार्ग छेउमा खानेकुराको खोजीमा देखिन्छन् । मौसमअनुसारका फलफूल र कन्दमूल खान नपाएपछि यात्रुले खान दिने आशमा बाँदर राजमार्गको छेउमा देखिएका हुन् ।

राजमार्गमा यात्रा गर्ने कतिपय मानिसले बिस्कुट, पाउरोटी चाउचाउ, फलफूल, मुरहीलगायत खानेकुरा दिने गरेकाले बाँदर कन्दमूल  खोज्न छाडेर राजमार्गमा कुरेर बसेका देखिन्छन् । वनमा जामुन, कुसुम, हर्रो, बर्रो, भलायो, खन्यु, कुरिलो, निहुरो, तरुल, फलफूलजस्ता कन्दमूल मासिँदै गएपछि राजमार्ग र बस्तीमा बाँदर आउन थालेको फुलजोर बाबा सामुदायिक वन समूहका अध्यक्ष पशुपति खड्काले बताए। उनका अनुसार जङ्गलमा सहजरूपमा खानेकुरा पाउन छाडिएको र राजमार्गमा मानिसले खानेकुरा दिन थालेपछि बाँदरले जंगलमा खानेकुरा खोज्न छोडेर राजमार्ग कुर्न थालेका हुन् ।

‘बाँदरका लागि वनमा पर्याप्त खानेकुरा भए पनि बाँदर खोज्न जाँदैनन्’, डिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत मन्जुर अहमदले बताए । उनका अनुसार मानिसले राजमार्गमा बाँदरलाई खानेकुरा दिँदा बाँदरका साथै केही सवारीसाधन पनि दुर्घटनामा पर्ने गरेका छन् ।

करिब ५० वर्ष पहिला निर्माण भएको पूर्व–पश्चिम राजमार्गमा अहिलेको सवारी साधनको चापका कारण साँघुरो भएको छ,त्यसमा पनि यात्रीले खानेकुरा दिँदा बाँदरले अचानक बाटो काट्ने, बाटोमा कुद्ने गर्दा दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले बताए ।

उनका अनुसार आफ्ना सवारीसाधन रोकेर राजमार्गभन्दा अलि टाढा गएर खानेकुरा दिँदा त ठिकै हो तर सवारीसाधन गुडिरहेको बेला झ्यालबाट दिइने खानेकुराका कारण बाँदरले बाटो काट्दा कुद्ने सवारी साधनका साथै बाँदर पनि दुर्घटनामा पर्ने गरेका छन् ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  १ : ०५ बजे

टेस्लाको रोबो ट्याक्सी ‘साइबरक्याब’ सार्बजनिक, के के छन् विशेषता ?

काठमाडौं – एलन मस्कको टेस्लाले आफ्नो पहिलो रोबोट ट्याक्सी ‘साइबरक्याब’

इजरायली आक्रमण कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु

गाजा – उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा इजरायली सेनाले आफ्नो

महिला टी–२० विश्वकप : श्रीलंकाविरुद्ध न्यूजिल्याण्डको उत्कृष्ट जित

काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत न्यूजील्याण्डले श्रीलंकालाई पराजित

देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको छः सञ्चारमञ्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश र जनतालाई

नेपालबाट यसबर्षको मनसुन बाहिरियो

काठमाडौं – नेपालबाट यसबर्षको मनसुन बाहिरिएको छ । जल तथा