छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित ३ जना पक्राउ | Khabarhub Khabarhub

छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित ३ जना पक्राउ


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बर्दिया– गुलरिया नगरपालिका-९ खल्लिपुरुवाबाट अवैध लागू औषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ करिब १० ग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय शाह बुद्धिन सेखलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मथुराहरिद्वारबाट खटिएको प्रहरीले उनलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो । उता भक्तपुर, सूर्यविनायक नगरपालिका-४ सिरुटार चारदोबाटोबाट अवैध लागू औषध गाँजा करिब ५ सय ५५ ग्राम सहित दुई जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-९ लामाटार बस्ने २६ वर्षीय सुमित पौडेल र २६ वर्षीय सनम तित्तल रहेका छन् ।

प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले बा.९० प ८७९२ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा  सवार उनीहरूलाई उक्त लागू औषध सहित फेला पारी पक्राउ गरेको हो ।

   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  १ : ३९ बजे

‘सिडिओ’ पैदलै गाउँमा आएपछि…

सङ्खुवासभा– किमाथाङ्कास्थित भन्सार कार्यालयको नाममा रहेको जग्गाको नापजाँच र चारकिल्ला

व्यावसायिक तरकारीखेती गरेर आत्मनिर्भर बन्दै मुक्तकमैया

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ नौखरीका व्यावसायिक तरकारीखेतीमा संलग्न मुक्तकमैया मल्चिङ

काभ्रेको बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ

काभ्रे– जेन–जी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटका क्रममा इलाका

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

हुम्ला– मुगुमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जबरजस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या

काठमाडौं – जबरजस्ती करणी मुद्दामा कारागारबाट छुटेका एक व्यक्तिले छुटेकै