अनेरास्ववियु राष्ट्रिय महाधिवेशनको तयारी पुरा « Khabarhub

अनेरास्ववियु राष्ट्रिय महाधिवेशनको तयारी पुरा


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको जनाएको छ ।

आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुले फागुन २ देखि ४ गतेसम्म काठमाडौँमा आयोजना हुने २३औँ महाधिवेशनको तयारी पुरा भएको जनाएको हो । पत्रकार सम्मेलनमा अध्यक्ष सुनिता बरालले निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपालको आधार, गुणस्तरीय शिक्षा, गतिशील संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार बन्ने नाराका साथ महाधिवेशन गर्न लागिएको बताइन् ।

करिब १५ सय ७३ जना प्रतिनिधि सहभागी हुने महाधिवेशनले आगामी दुई वर्षका लागि १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी, ३ आयोग निर्वाचित गर्ने बरालले जानकारी दिइन् । उनले नेतृत्व चयन सहमतिमा नहुँदा स्वस्थ र मर्यादित प्रतिस्पर्धाको माध्यमबाट नेतृत्व चयन गरिने र निर्वाचन प्रक्रियालाई व्यवस्थित, छिटो छरितो बनाउन विद्युतीय मेसिन मार्फत निर्वाचन गर्ने व्यवस्था मिलाइएको बताइन् ।

अनेरास्ववियुको महाधिवेशन करिब ७ वर्षपछि हुन लागेको हो । महाधिवेशनपछि संगठनको ध्यान स्ववियु निर्वाचनमा केन्द्रित हुने अनेरास्ववियुले जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  १ : ५१ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्