अनेरास्ववियु राष्ट्रिय महाधिवेशनको तयारी पुरा | Khabarhub Khabarhub

अनेरास्ववियु राष्ट्रिय महाधिवेशनको तयारी पुरा


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको जनाएको छ ।

आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुले फागुन २ देखि ४ गतेसम्म काठमाडौँमा आयोजना हुने २३औँ महाधिवेशनको तयारी पुरा भएको जनाएको हो । पत्रकार सम्मेलनमा अध्यक्ष सुनिता बरालले निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपालको आधार, गुणस्तरीय शिक्षा, गतिशील संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार बन्ने नाराका साथ महाधिवेशन गर्न लागिएको बताइन् ।

करिब १५ सय ७३ जना प्रतिनिधि सहभागी हुने महाधिवेशनले आगामी दुई वर्षका लागि १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी, ३ आयोग निर्वाचित गर्ने बरालले जानकारी दिइन् । उनले नेतृत्व चयन सहमतिमा नहुँदा स्वस्थ र मर्यादित प्रतिस्पर्धाको माध्यमबाट नेतृत्व चयन गरिने र निर्वाचन प्रक्रियालाई व्यवस्थित, छिटो छरितो बनाउन विद्युतीय मेसिन मार्फत निर्वाचन गर्ने व्यवस्था मिलाइएको बताइन् ।

अनेरास्ववियुको महाधिवेशन करिब ७ वर्षपछि हुन लागेको हो । महाधिवेशनपछि संगठनको ध्यान स्ववियु निर्वाचनमा केन्द्रित हुने अनेरास्ववियुले जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  १ : ५१ बजे

अन्ततः कपिलको शोमा फर्किए सिद्धु, पहिला किन बाहिरिए ?

काठमाडौं – ‘द कपिल शर्मा शो’को टिमले टेलिभिजनबाट विश्राम लिएर

आईफोन- १७ मा वायरलेस चार्ज तीन गुणा छिटो हुने

काठमाडौं– एप्पलले यसै वर्ष आईफोन- १७ सार्वजनिक गर्दैछ । समाचारमा

बैतडीको पुर्चौडी पूर्णखोप सुनिश्चिता पालिका घोषणा

बैतडी– बैतडीको पुर्चौडी नगरपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

गर्मी बढेपछि कञ्चनपुरको बेलौरीमा दुई दिन विद्यालय बन्द

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय

वेल्सविरुद्ध बेल्जियमको सनसनीपूर्ण जित

काठमाडौं – विश्वकप फुटबलको युरोपेली छनोट अन्तरगत गएराति भएको खेलमा