२० लाखको कार आयातमा ६५ लाख कर ! | Khabarhub Khabarhub

२० लाखको कार आयातमा ६५ लाख कर !


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- छिमेकी मुलुक भारतबाट जम्मा २० लाख रुपैयाँको कार आयात गरी नेपाल ल्याउँदा विभिन्न शीर्षकमा गरी कुल ६५ लाख रुपैयाँ सरकारलाई कर बुझाउनुपर्छ भन्दा अचम्म लाग्न सक्छ । तर, मुलुकको वास्तविकता यही हो । आगामी आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले तोकेको सवारी आयातमा लाग्ने भन्सार दरअनुसार २० लाख रुपैयाँको कार खरिद गरी ल्याउँदा विभिन्न शीर्षकमा गरी कुल ६५ लाख रुपैयाँ कर बुझाउनुपर्ने भएको राजधानी दैनिकमा खबर छ ।

भन्सार विभागले आगामी आव २०७६/७७ का लागि निर्धारण गरेको सवारीसाधनको आयात भन्सार महसुल दरअनुसार कुनै पनि उपभोक्ताले भारतबाट २५ सयदेखि ३ हजार सीसीमाथिका २० लाख रुपैयाँका कार नेपाल ल्याउने क्रममा ८० प्रतिशत भन्सार महसुल, शतप्रतिशतसम्म अन्तःशुल्क, ८ देखि १० प्रतिशतसम्म सडक निर्माण दस्तुर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट)सहित सो कारमा ६५ लाख रुपैयाँ कर बुझाउनुपर्ने बाध्यता छ ।

भन्सार विभागका अनुसार २५ सयदेखि ३ हजार सीसीसम्मका २० लाख रुपैयाँको कार आयात गरी नेपाल ल्याउने क्रममा भन्सार शुल्क ८० प्रतिशतका दरले १६ लाख रुपैयाँ बुझाउँदा सो कारको मूल्य ३६ लाख रुपैयाँ पुग्छ । यसैगरी, अन्तःशुल्क ९० प्रतिशतले ३२ लाख ४० हजार रुपैयाँ बुझाउनुपर्छ । अन्तःशुल्कपछि त्यो कारको मूल्य ६८ लाख ४० हजार रुपैयाँ पुग्छ । अझै सडक दस्तुर १० प्रतिशतले ६ लाख ८४ हजार रुपैयाँ हुन आउँछ । सडक दस्तुरपछि कारको मूल्य ७५ लाख २४ हजार रुपैयाँ पुग्छ ।

अझै त्यसमा १३ प्रतिशत भ्याटसहितको मूल्य ९ लाख ७८ हजार १२० रुपैयाँ जोड्दा अब भ्याटपछि सो कारको कुल मूल्य ८५ लाख २ हजार १२० रुपैयाँ पुग्छ । जम्मा २० लाखको कारमा यसरी विभिन्न शीर्षक गरी थपिएका करसहित अहिले नेपाली उपभोत्ताले एउटा सवारीसाधन आयात गर्दा यति धेरै कर बुझाउन बाध्य भएको भन्दै गुनासो गर्ने गरेका छन् ।

उपभोक्ताले त्यति धेरै कर तिरेर महँगोमा विदेशबाट गाडी आयात गर्नुभन्दा स्वदेशमा नै त्यस्ता गाडीको उत्पादन गर्नुपर्ने माग गर्दै आएका छन् ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ९ : ११ बजे

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश