हात्तीपाइले रोगविरुद्धको अभियान सफल बनाउन चुनौति | Khabarhub Khabarhub

हात्तीपाइले रोगविरुद्धको अभियान सफल बनाउन चुनौति


२९ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बनियानी – सङ्क्रमण भएको लामो समयसम्म लक्षण नदेखिँदा हात्तीपाइले रोगले समाजमा जरो गाडेर बसेको छ । हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान चलाइएको लामो समय भए पनि ‘केही भएको छैन, किन औषधि खाने’ भन्ने भ्रमका कारण समाजमा हात्तीपाइले रोगले जरो गाडेर बसेको हो ।

“सङ्क्रमण भएको लामो समयसम्म लक्षण देखिँदैन”, हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत आज बसेको जिल्लास्तरीय समन्वय समितिको बैठकमा झापा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भने, “जसका कारण समाजमा हत्तीपाइले रोगले जरो गाडेर बसेको छ ।”

हात्तीपाइले रोगविरुद्धको अभियान सफल बनाउन उनले विद्यालयस्तरमा गएर किन औषधि सेवन गर्ने ? भन्ने सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । “विद्यार्थीहरूको पठनबोध धेरै हुन्छ”, उनले भने , “घर र समाजमा सचेतना फैलाउन यो उपयोगी हुने देखिन्छ ।”

सुरुमै हात्तीपाइले रोगविरुद्धको औषधि सेवनलाई नकारात्मकरूपमा प्रचार गरिएकाले आम औषधि सेवन प्रभावकारी हुन नसेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए । झापामा दैनिक ज्यालादारी मजदुर, दीर्घरोगी, केही जातीय समुदाय, निरक्षर दलित, सहरीवासी, उच्च वर्ग र सरकारी कर्मचारीहरूले कम औषधि सेवन गर्ने गरेको सर्वेक्षण क्रममा देखिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले बताए।

“जान्ने बुझ्नेहरूले नै औषधि सेवन गरेको देखिँदैन”, उनले भने, “जसका कारण झापामा ११औँ पटक औषधि सेवन अभियान चलाउँदा पनि सफल हुन सकेको छैन ।” हात्तीपाइले रोगविरुद्धको अभियानमा बर्सेनि ठूलो रकम खर्च हुने गरेको छ । नेपालमा यस पटक १५ वटा जिल्लामा आमऔषधि सेवन अभियान सञ्चालन हुँदैछ । यसमा सरकारले रु दुई अर्ब लगानी गरेको प्रमुख बाराकोटीले बतिाए । झापाका १५ वटा पालिकामा यो अभियानअन्तर्गत रु एक करोड ५० लाख आएको उहाँले जानकारी दिए ।

झापामा १२औँ पटक फागुन ११ गतेदेखि दुई सातासम्म हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सञ्चालन हुँदैछ । जिल्लामा नौ लाख नौ हजार पाँच सय ३७ जनालाई औषधि सेवन गराउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जानकारी दिए ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  १० : ५३ बजे

हिमानी र हृदयेन्द्रद्वारा जुम्लामा सिँचाइ पोखरीको उद्घाटन

जुम्ला – जुम्लामा पूर्व युवराज्ञी हिमानी शाह र पूर्व नवयुवराज

तनहुँमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

पोखरा – तनहुँको बन्दिपुर गाउँपालिका–२ कुवादीमा चितुवाको आक्रमणबाट एक बालकको

नेपालको आर्थिक विकासबारे छलफल आवश्यक छ : देउवा

ललितपुर – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबैको

लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार : अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी

कोशी प्रदेशले विपद् जोखिम न्यूनीकरणका लागि विपद् बिमा र बस्ती स्थानान्तरण गर्ने

मोरङ – कोशी प्रदेश सरकारले विपद्को क्षति न्यूनीकरणका लागि विपद्