इटालियन सिरी ‘ए’मा नेपोली शीर्षस्थानमा उक्लियो | Khabarhub Khabarhub

इटालियन सिरी ‘ए’मा नेपोली शीर्षस्थानमा उक्लियो


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोलीले सहज जित जित निकालेको छ।

घरेलु मैदानमा नेपोलीले क्रेमोनेसलाई ३–० ले पराजित गरेर सहज जीत निकालेको हो। डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा आइतबार राति भएको खेलको नेपोलीको जितमा कभिचा कभाराट्सकेलिया, भिक्टर ओसिमहेन र इल्जिफ इल्मासले योगदान गरेका थिए।

खेलको २२औं मिनेटमा कभिचा कभाराट्सकेलियाको गोलबाट नेपोलीले पहिलो हाफमा १–० को अग्रता लिन सफल भए। ६५औं मिनेटमा मिन जाई किमको पासमा भिक्टर ओसिमहेनले गोल गर्दै नेपोलीको अग्रता दोब्बर पारे। त्यसपछि ७९औं मिनेटमा इल्जिफ इल्मासले जियोभानी डि लोरेन्जोको पासमा गोल गर्दै नेपोलीको जित पक्का गरे।

यस जितसँगै नेपोलीले शीर्षस्थानमा १६ अंकको फराकिलो अग्रता कायम गरेको छ। नेपोलीको २२ खेलबाट ५९ अंक पुगेको छ। एक खेल कम खेलेको इन्टर मिलानको ४३ अंक छ। पराजित क्रेमोनेस ८ अंक जोडेर पुछारमा छ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ९ : १९ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल भदौ ३१ गते मंगलबार। आश्विन

आज २०८२ साल भदौ ३१ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ३१ गते मंगलबार। आश्विन

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न