अरुणखोलाको दुर्घटनामा सशस्त्रका जवानको मृत्यु | Khabarhub Khabarhub

अरुणखोलाको दुर्घटनामा सशस्त्रका जवानको मृत्यु


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी-नवलपरासीको मध्यविन्दु नगरपालिका १० दुम्बिास अरुणखोलाबीच जंगलमा गएराति भएको सवारी दुर्घटननामा एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।

प्रहरी चौकी अरुणखोलाका अनुसार राति जंगलमा रोकि राखेको ना ६ ख ५२०७ नम्बरको ट्रकसँग लु २२ प २८९९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक पाल्पाको तिनाउ गाउँपालिका १ बस्ने २७ बर्षका भीमराजबहादुर छहरी मगरको मृत्यु भएको हो ।

उनी सशस्त्र प्रहरी बल नेपाल बाहिनी मुख्यालय रुपन्देही बाहिनी नं. ५ चनौटा कपिलवस्तु दरबन्दी भई विओपि बोगडी रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान हुन् ।

दुर्घटनामा गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा गएराति नै निधन भएको प्रहरीले जनाएको छ

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  १० : ४० बजे

कतारले अस्थायी रुपमा बन्द गर्‍यो आफ्नो हवाई क्षेत्र

काठमाडौं – इरान र अमेरिकाबीचको सैन्य तनाव चुलिँदै गइरहेका बेला

इरानद्वारा कतारस्थित अमेरिकी सैन्य बेसमाथि आक्रमण

काठमाडौं – इरानले कतारस्थित अमेरिकी सैन्य बेसमाथि हमला सुरू गरेको

शिक्षकसँग भएका सम्झौतालाई समावेश गरेर मात्र शिक्षा ऐन आउँछः मन्त्री पन्त

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विभिन्न सरकारका

मन्त्रिपरिषद् बैठक : सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने निर्णय

काठमाडौं – सरकारले सशस्त्र प्रहरी बलका दुई नायब महानिरीक्षक (डीआईजी)को

क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति

काठमाडौं – क्षेत्रगत कर्जा विस्तारमा नेपाल राष्ट्र बैंकले लचिलो नीति