शिल्पालाई सकस ! « Khabarhub

शिल्पालाई सकस !


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नायिका शिल्पा मास्के यतिबेला चलचित्र ‘सानो मन’ को प्रचारमा लागेकी छिन् । सामाजिक सञ्जालमार्फत पनि उनले फिल्मको प्रचार गरिरहेकी छिन् । आउँदो शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्ममा शिल्पा मास्के प्रेमिकाका रुपमा प्रस्तुत हुँदैछिन् । फिल्ममा अर्का अभिनेता आयुष्मान देशराज जोशीले शिल्पासँग अनस्किृन रोमान्स गरेका छन् ।

फिल्मको रिलिज मिति नजिकिँदै गर्दा शिल्पालाई भने प्रचारमा समय मिलाउनै धौ-धौ भएको छ । अर्कातिर फिल्मले दर्शकमाझ खासै आशा पनि जगाउन सकेको छैन । रिलिज नजिकिएसँगै शिल्पाको यो फिल्म पनि उनका पछिल्ला फिल्महरु झैँ आउने र हराउने हुने हो कि भन्ने प्रश्न उठेको छ ।

शिल्पालाई फिल्म क्षेत्रमा सम्भावना बोकेकी नायिकाका रुपमा हेरिएको थियो । तर, शुरुदेखि नै उनले पाएका फिल्मले बक्स अफिसमा खासै कमाल गर्न सकेनन् । यो फिल्म पनि असफल रह्यो भने शिल्पाको करिअरलाई नै असर पर्ने कतिपयको भनाइ छ ।

फिल्म क्षेत्रमा सम्भावना बोकेर मात्र पनि हुँदैन । बक्स अफिसमा राम्रो व्यापार गर्न सकेनन् भने फिल्मलाई असफलको ट्याग लगाउने त विश्वव्यापी मान्यता नै छ । अब शिल्पाले राम्रो ब्यानरको फिल्म छानेर वृत्तिलाई फाइदा हुने काम पो गर्ने हो कि ?

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ११ : ५८ बजे

विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन

काठमाडौँ – पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत

बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ, १९ असारः जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई

खामेनीको अन्त्येष्टि अघि इरानद्वारा अमेरिकाको आलोचना, कफिनमा ‘रातो झण्डा’ ओढाइयो

काठमाडौँ – इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टिको तयारी

रोनाल्डो र मोड्रिचको तस्बिर राख्दै सन्दीपले लेखे– ‘अन्तिम मिनेटको ड्रामा, उत्कृष्ट खेल’

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा, अर्को चरणमा स्पेनसँग भिड्ने

काठमाडौँ – इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले