आज तरकारी र फलफूलको मूल्य कति? « Khabarhub

आज तरकारी र फलफूलको मूल्य कति?


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, नेपाली सुन्तला १८० रुपैयाँ, अनार ३०० रुपैयाँ, किवी ४०० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, केरा दर्जनको १५० रुपैयाँ र अमला ७० रुपैयाँ तोकिएको छ।

यसैगरी नेपाली ठूलो गोलभेँडा प्रतिकेजी ५० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २६ रुपैयाँ, सेतो आलु र स्थानीय काउली १८ रुपैयाँ, कागती १४० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजीमा खरिदबिक्री भइरहेको छ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, राजमा घिउ सिमी ८० रुपैयाँ, कन्ये च्याउ  १५० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, तितो करेला १३० रुपैयाँ केजीमा तथा तोरीको साग २० रुपैयाँ र रायोको साग ३० रुपैयाँ, जिरा, चमसुर, मेथी, पालुङ्गो र सौंफको साग ५० रुपैयाँ मुठोमा पाइन्छ।

यस्तै, छ्यापी सुकेको ३०० रुपैयाँ, छ्यापी हरियो ९० रुपैयाँ, भारतीय सुकेको प्याज ३५ रुपैयाँ, हरियो प्याज ६० रुपैयाँ, चाइनिज सुकेको लसुन १८०, नेपाली सुकेको लसुन ९० रुपैयाँ र हरियो लसुन ६० रुपैयाँ, लौका ५० रुपैयाँ, स्कूस ४० रुपैयाँ, पुदिना ५०० रुपैयाँ र हरियो धनियाँ ३० रुपैयाँमा बिक्री भइरहेको छ।

ताजा छडी माछा २४० रुपैयाँ केजी, बचुवा माछा २६० रुपैयाँ केजी, मंगुरी माछा २६० रुपैयाँ र रहु माछा ३५० रुपैयाँ केजीमा बिक्री भइरहेको समितिले जनाएको छ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ८ : २५ बजे

तनहुँमा आइपुग्यो मतपत्र

दमौली– यही फागन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुदूरपश्चिममा डेङ्गुबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

कञ्चनपुर–  सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ ।

पल शाहको जन्म दिन पारेर ‘आबाट आमा’को सिक्वेल घोषणा, दशैँमा प्रदर्शन

काठमाडौं – नायक पल शाहको जन्म दिन पारेर आइतबार फिल्म

टाटा कमर्सियल गाडीको सुरक्षित यात्राको लागि आजबाट होली सर्भिस क्याम्प

काठमाडौं– होली पर्व नजिकिँदै गर्दा टाटा कमर्सियलले ग्राहकलाई आजदेखि १५ गते

भक्तपुर- १ का मतदाता भन्छन् : सधैँ जनतामाझ रहने उम्मेदवारलाई मात्र मत दिन्छौँ

काठमाडौं– ‘चुनावमा मात्रै भोट माग्न आउनेलाई यसपाली मतदान गरिँदैन’ भक्तपुर