ससुराली गएका वृद्धको भीरबाट लडेर मृत्यु « Khabarhub

ससुराली गएका वृद्धको भीरबाट लडेर मृत्यु


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पाँचथर – पाँचथरमा भीरबाट लड्दा वृद्धको मृत्यु भएको छ।

मिक्लाजुङ गाउँपालिका-७  स्थित भीरबाट लड्दा ७३ वर्षीय हस्तबहादुर लिम्बूको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सन्तोष राईका अनुसार श्रीमती सरिता लिम्बू र २ जना छोराछोरीसहित पाँचथर ससुराली घर आउने क्रममा गत माघ २९ गते भीरबाट लडेर उनको निधन भएको हो। भीरबाट लडेका हस्तबहादुरको मंगलबार मात्रै शव भेटिएको हो।

प्रहरी चौकी खान्द्रोङबाट खटेका प्रहरी र स्थानीयले खोजी गर्दा भीरबाट लडेका हस्तबहादुरलाई शव फेला पारेको हो। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पुरा गरी शवलाई आफन्तजनलाई जिम्मा लगाएको छ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ९ : १२ बजे

परराष्ट्रमन्त्री खनाल र फ्रान्सकी नवनियुक्त राजदूतबीच भेटवार्ता

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रान्स्वाज

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत