प्रधानमन्त्री रोजगार कार्यक्रम बेरोजगारलाई भत्ता बाँड्ने योजना होइन– मन्त्री बिष्ट « Khabarhub

प्रधानमन्त्री रोजगार कार्यक्रम बेरोजगारलाई भत्ता बाँड्ने योजना होइन– मन्त्री बिष्ट


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम सित्तैमा भत्ता बाँढ्ने कार्यक्रम नभएको बताएका छन् । उनले विना काम सधैं बेरोजगारलाई भत्ता बाँड्ने कदापी हुन नसक्ने बताएका हुन् ।

बुधबार प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री विष्टले बेरोजगारलाई बजारको माग अनुसार रोजगारीमा लगाउन आवश्यक सिप र दक्षता दिने कार्यक्रमको उदेश्य भएको बताए ।

‘यो कार्यक्रम सित्तैमा भत्ता बाँड्ने कार्यक्रम हुने हो कि भन्ने आशंका उत्पन्न हुन सक्छ’ मन्त्री विष्टले भने,‘निर्वाह भत्ता भनेको वर्षभरिमा एक जना सदस्यले न्यूनतम रोजगारी प्राप्त गर्न नसकेको अवस्थामा तोकिएको मापदण्डमा १०० दिन मात्र काम नपाएको अवस्थामा दैनिक पाउँने रकमको ५० प्रतिशत रकम समाजिक सुरक्षाको रुपमा प्रदान गर्ने व्यवस्था मात्र हो, यसको अर्थ विना काम सबै बेरोजगारलाई भत्ता वितरण कदापी हुन सक्दैन ’ मन्त्री विष्टले भने ।

‘यो कार्यक्रम बेरोजगार व्यक्तिहरुको विवरण र रोजगारीका अवसरहरुको सूचना प्राप्तिमा आधारि तथ्यांकलाई अध्यावधिक गर्ने पहिचान गरिएका बेरोजगारलाई बजारको मागअनुरुपको रोजगारीमा लगाउन आवश्यक सीप र दक्षता दिने उदेश्य हो’ मन्त्री विष्टले भने,‘बजारमा उपलव्ध रोजगारीमा संलग्न हुन नसकेका मा स्वरोजगार हुन नसकेका नागरिकलाई सार्वजनिक निमार्णका कार्यक्रममा लागइने छ ।’

प्रधानमन्त्री रोजगार कार्यक्रमले युवाहरुलाई स्वदेशमा नै काम गरिखाने पर्याप्त वतावरण सिर्जना गर्न केन्द्रीत रहेको उनको भनाइ थियो ।

यो कार्यक्रमले कसैलाई विभेद नगर्ने र आत्मसम्मानका साथ देशभित्रै काम गर्ने वातावरण निर्माण हुने मन्त्री विष्टको भनाइ थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ३ : २० बजे

किसानलाई समयमा नै मल आपूर्ति गर्नुपर्नेमा जोड

काठमाडौं– राष्ट्रियसभाका सांसदले उचित समयमा रासायनिक मल नपाउँदा किसान समस्यामा

फेरि होर्मुजमा नौसैनिक नाकाबन्दी लागू, इरान–अमेरिका तनाव थप चर्कियो

तेहरान– अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई निरन्तरता दिँदै होर्मुज जलडमरूमध्य तथा

सरकारलाई नेकपाले भन्यो- सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले बरबादीतर्फ लैजान्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले सरकार

अमेरिकी आक्रमणमा इरानका सात सैनिक मारिए, ३० भन्दा बढी नागरिकको पनि ज्यान गयो

तेहरान– अमेरिकाले इरानमाथि गरेको पछिल्लो हवाई आक्रमणमा सात इरानी सैनिक

जनता विकास खोज्दैछन्, सरकार सस्तो लोकप्रियतातिर लाग्यो : महेन्द्रबहादुर शाही

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले सरकारको