उदिपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइन : म्याद थपिन्छ, काम सकिँदैन | Khabarhub Khabarhub

उदिपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइन : म्याद थपिन्छ, काम सकिँदैन


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

लमजुङ – यहाँ निर्माणाधीन उदिपुर–मार्कीचोक–भरतपुर सय २० केभी प्रसारण लाइनको म्याद पटक–पटक थपिए पनि काम भने अझै सम्पन्न हुन सकेको छैन । तीन वर्षमा सक्नुपर्ने काम छ वर्ष हुँदा समेत सम्पन्न हुन सकेको छैन ।

प्रसारण लाइनको म्याद म्याद तीन पटक थपिएको छ । तर हालसम्म करिब ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । उदिपुर–मार्कीचोक–भरतपुर प्रसारण लाइनका डिभिजन प्रमुख नारायण रेग्मीका अनुसार रुख कटान आदेशमा ढिलाइलगायत कारणले काममा ढिलाइ भएको हो । प्रसारण लाइनको निर्माणको  सम्झौता सन् २०१८ जनवरीमा भएको थियो ।

“आगामी जुन महिनासम्म सम्पन्न गर्न पुनः म्याद थप गरी काम भइरहेको छ”, उनले भने । आयोजनाका अनुसार ६७ किलोमिटर दूरी रहेको लमजुङको उदिपुरबाट चितवनको भरतपुरसम्म यस प्रसारण लाइन पुर्‍याउनका एक सय ९३  टावर निर्माण गर्नुपर्नेछ । लमजुङमा ४५ टावर निर्माण हुनेछन् । हालसम्म लमजुङतर्फको २५ टावर निर्माण भएका छन् ।

दोर्दी करिडोरका आयोजनाको विद्युत् मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रको स्वीचयार्डसम्म पुर्‍याउन छ किलोमिटरसम्म यही प्रसारण लाइन लगिएको छ । उदिपुरबाट मर्स्याङ्दी खण्डको छ किलोमिटर खण्डमा १७ टावर निर्माण गरिएका छन् । तनहुँमा १५ टावरको जग हाल्ने काम भएको छ भने चितवनमामा एउटाको जग हालिएको छ । गोरखामा समेत टावरको जग हाल्ने काम भइरहेको आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  १० : ५९ बजे

सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग

काठमाडौं– सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै

संसदको गतिरोध हटाउन सभामुखको सक्रियता, तीन दलका प्रमुख सचेतकसँग के भने ?

काठमाडौं– सभामुख देवराज घिमिरेले संसदमा जारी गतिरोध अन्त्यका लागि प्रमुख

विपक्षी दलहरूको बैठक बस्दै, संसदको अवरोध र भिजिट भिसा प्रकरणमा छलफल हुने

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरूको बैठक

लस एन्जल्समा ‘नेशनल गार्ड’ परिचालन गर्न ट्रम्पको निर्देशन

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्निया राज्यको लस एन्जल्स शहरमा

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी