महोत्तरीका प्रत्येक पालिकामा मौसम स्टेसन स्थापना | Khabarhub Khabarhub

महोत्तरीका प्रत्येक पालिकामा मौसम स्टेसन स्थापना


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– बर्षाद र हावाहुरीको पूर्वानुमान भइदिएको भए बालीनाली नोक्सान हुँदैन्थ्यो कि रु भन्ने आम किसानहरूको साझा प्रश्न बनिरहेको बेला महोत्तरीमा भने यसको निराकरण हुने भएको छ । प्रत्येक पालिकाहरूमा मौसम स्टेसन जडान गर्ने कार्य प्रारम्भ भएसँगै मौसमको पूर्वानुमान हप्तौँ अघि लिन सकिने भएको छ । 

विशेषगरी, बालीनाली लगाउने किसानहरूको लागि निकै उपयोगी बन्न सक्ने  मौसम स्टेसनले भूगोलअनुसार कति क्षेत्रफलको जानकारी लिने भन्ने योजना अनुसार नै स्थापना गरिएको छ । बर्दिबास, गौशाला, औरही र भंगाहा नगरपालिकामा स्थापना गरिसकिएको स्टेसनले उक्त क्षेत्रफल भित्रको मौसमको जानकारी दिन सुरु गरिसकेको छ ।

एन्ड्रोइड मोबाइलमा युजर नेमपासवोर्डको माध्यमबाट सजिलै खोल्न सकिने भएकाले स्टेसन राखिएको क्षेत्रको मौसमको अवस्था विश्वभरबाट हेर्न सकिन्छ । युरोपियन युनियन र अष्ट्रियन विकास नियोगको आर्थिक सहयोग तथा आड्रा नेपाल, रूपान्तरण र सामुदायिक विकास तथा पैरवी मंच नेपालको साझेदारीमा सञ्चालित लिरिक परियोजनाअन्तर्गत जडान गरिएको उक्त मौसम स्टेसन जिल्लाका अहिलेसम्म तीनवटा पालिकामा राखिएको छ ।

नगर क्षेत्रमा स्थापना गरिएको मौसम स्टेसनले नगरभरीको मौसमसम्बन्धी जानकारी दिनेछ । मौसमको पूर्ण जानकारी लिनको लागि अन्डर ग्राउन्ड वेदर भन्ने एप डाउनलोड गर्नुपर्नेछ । उक्त एपमा प्राविधिकहरूले सुरक्षित गरेको आईपी ठेगाना हालेपछि मौसमको वस्तुस्थिति थाहा पाउन सकिन्छ ।

प्राविधिकहरूले स्थापना भएका नगरक्षेत्रमा स्टेसन आईडीसमेत सार्वजनिक गरेका छन् । 

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  १२ : ५५ बजे

‘दुई सयको बचत, दस हजारको सहारा’

इलाम– विदेशी भूमिमा पसिना बगाएका र फर्किएर गाउँमै रोजगारी सृजना

विवरण नबुझाउने चितवनका दुई हजार बढी करदाता निलम्बित

चितवन– आन्तरिक राजस्व कार्यालय भरतपुरमा दर्ता भएका मूल्य अभिवृद्धि करदातामध्ये

ऐतिहासिक पनौती हिलेजात्रा मनाइँदै

काभ्रे– काभ्रेको पनौतीमा हिलेजात्रा (ज्याःपुन्ही) मनाइँदैछ । जात्रा सोमबारदेखि सुरु

लमजुङको पसगाउँका प्रकृति र संस्कृतिलाई पर्यटनसँग जोडिँदै

गण्डकी– सिस्नोको तरकारी, कोदोको सेल, निगुरो, गिठ्ठा आदिका परिकारका कारण

बाँकेका भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा  

बाँके– भूमि समस्या समाधान आयोगले बाँकेमा भूमिहीनहरूलाई धमाधम जग्गाधनी प्रमाणपुर्जा