धरानका मेयर साम्पाङ खोटाङमा « Khabarhub

धरानका मेयर साम्पाङ खोटाङमा


३ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

खोटाङ– धरानका मेयर हर्क साम्पाङले खोटाङमा साम्पाङ राईको ऐतिहासिक उद्गमस्थल अवलोकन गरेका छन् । मेयर साम्पाङले केपिलासगढी गाउँपालिका–३ बासपानीको खोक्मास्थित साम्पाङ राईको उद्गम थलो खकलुङ, साम्फेलुङखकलुङ कुवा अवलोकन गरेका हुन् । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा चोखानेस्थित घर पुगेकाबेला मेयर साम्पाङले खकलुङ पुगेर साम्पाङ राईको उद्गम थलो अवलोकन गरेका हुन् । 

सम्पाङ राईको ऐतिहासिक स्थल खकलुङलाई फुपालुङ (बाजेढुंगा)मुमालुङ (बोजुढुंगा) भनेर पनि चिन्ने गरिन्छ । साम्पाङ राईको पुर्खाले साम्फेलुङमा पहिलो पाइला टेकेको, खकलुङमा बसोबास गरेको र सोही ठाउँको कुवाको पानी पिएको किंवदन्ती रहेको किरात साम्पाङ राई जुम्लेखा जिल्ला समिति खोटाङका अध्यक्ष प्रताप राईले बताए । 

मेयर साम्पाङले खोक्मास्थित किरात साम्पाङ राई जुम्लेखा जिल्ला समिति खोटाङको कार्यालयमा जुम्लेखाको झण्डोत्तलन गरेका छन् । मेयर साम्पाङले साम्पाङ राईको उद्गम थलो खकलुङ (बासपानी)को विकासका लागि लागिपर्ने प्रतिवद्धता जनाएका छन् । 

मेयर साम्पाङलाई किरात राई यायोक्खा जिल्ला कार्य समिति खोटाङ, यायोक्खाको केपिलासगढी गाउँपालिका कमिटी र किरात साम्पाङ राई जुम्लेखा खोटाङले गाउँमा स्वागत गर्नुका साथै सम्मान गरेको छ । साम्पाङलाई कदर–पत्रमायाँको चिनो स्वरुप चिन्डो प्रदान गरेर सम्मान गरिएको हो । 

केपिलासगढी गाउँपालिकाले बुधबार मेयर साम्पाङलाई कार्यालयमा स्वागत गरेको छ । उनलाई गाउँपालिका अध्यक्ष समिर राई, उपाध्यक्ष गुरुराज राई लगायतले खादा ओढाएर स्वागत गरेका थिए । जन्मथलो जानेक्रममा मेयर साम्पाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम फाउण्डेसन भिजिट गरेका थिए । 

 

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  २ : ०९ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा