लगातारको वर्षाले भारतका विभिन्न राज्य प्रभावित, बाढीमा परी कयौँ बेपत्ता « Khabarhub

लगातारको वर्षाले भारतका विभिन्न राज्य प्रभावित, बाढीमा परी कयौँ बेपत्ता


२५ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- ढिला गरी सक्रिय भएको मनसुनका कारण भारतका विभिन्न राज्यको जनजिवन प्रभावित भएको छ । पछिल्लो केही दिनयता देखि लगातार रुपमा भइरहेको वर्षाका कारण अरुणाञ्चल प्रदेशमा बाढी आउँदा कयौँ मानिस बेपत्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै महाराष्ट्रको रत्नगिरी तिवरेको बाँध गत हप्ता भत्कदा २० जनाभन्दा बढीको मृत्यु भएको छ ।

यसका साथै केही मानिस बेपत्ता भएको पनि बताइएको छ । पछिल्लो आठ दिनदेखि उक्त क्षेत्रमा हराइरहेकाहरुको खोजी कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् ।

उता उत्तराखण्डमा गंगा नदीको जलस्तर खतराको निशाना नजिक पुगेको छ । भारतीय मौसम विभागले गंगा नदीमा पानीको स्तरले चाँडै नै खतराको निशाना पार गर्ने जनाएको छ ।

उत्तराखण्डमा आगामी पाँच दिनसम्म भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । विपद व्यवस्थापनका लागि प्रशासनले पूर्व तयारी गरिसकेको जनाएको छ भने उद्दार दललाई सतर्क अवस्थामा राखेको छ ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  २ : १३ बजे

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला