राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुन्छः रामकुमार राई  « Khabarhub

राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुन्छः रामकुमार राई 


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

खोटाङ– प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङले राष्ट्रिय सहमतिमा राष्ट्रपति निर्वाचित हुने बताएका छन् । प्रेस सेन्टर खोटाङले दिक्तेलमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्य राईले सबै दलहरू एक ठाउँमा आउनेगरी राष्ट्रिय सहमतिमा राष्ट्रपति निर्वाचित हुने दाबी गरेका हुन् ।

‘देशमा एकदमै राजनीतिक तरलता आइरहेको छ, के हुन्छ ?  कसले के गर्छ? भन्ने एकातिर छ भने अर्कातिर अलिकति बाह्य हस्तक्षेप भइरहेको अवस्थामा छ,’ राईले भने, ‘देश राजनीतिक संकटमा छ । आर्थिक संकटमा छ । यो हल गर्नको लागि राष्ट्रिय सहमतिको राष्ट्रपति हुन जरुरी छ । सबै दलहरु एक ठाउँमा आए भने कम्तीमा देशलाई अगाडि बढाउन सकिन्छ ।’ 

देशलाई आर्थिक, राजनीतिक, राष्ट्रियता र स्वाधीनताको हिसाबले अगाडि बढाउनका लागि राष्ट्रिय सहमतिको दृष्टिकोण आएको उनले उल्लेख गरे । उनले अहिले मुलुकका लागि सबै दलहरू मिलेर जानुपर्ने आवश्यकता आएको औंल्याए।

‘हिजो भएको सहमति कार्यान्वयन गर्ने भन्ने कुराहरू पनि छन् । तर, जे भए पनि सहमतिमै हुन्छ । अहिले आवश्यकता मुलुकलाई सबै दलहरू मिलेरै जानुपर्नेछ,’ उनले भने, ‘भएका परिवर्तन र क्रान्तिलाई अन्त्य गर्नका लागि एक खालका वा विभिन्न खालका मान्छे लागिरहेका छन् । बाह्य शक्ति वा आन्तरिक शक्ति पनि लागिराख्या छ । यसका लागि राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाइनुपर्छ भनिएको हो ।’ 

प्रतिनिधिसभा सदस्य राईले खोटाङको विकास निर्माणसम्बन्धी अधुरो कामलाई पूर्णता दिइने बताएका छन् । 

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  २ : २३ बजे

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर