नेपालको राजनीतिमा गोरु ब्याउँछ : डा. मिश्र « Khabarhub

नेपालको राजनीतिमा गोरु ब्याउँछ : डा. मिश्र


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

देशमा पहिलो सत्तारुढ गठबन्धन भत्केर दोस्रो गठबन्धन बनेको छ । कांग्रेससहितको पहिलो गठबन्धन भत्केर एमाले र माओवादी केन्द्रको गठबन्धन बनिरहँदा पछिल्लो समय यसमा केही समस्याहरु देखा परेको छ । समस्या राष्ट्रपति चुनावसम्म कुन रुप धारण गर्छ । नेपाली कांग्रेसका नेताहरु चाँडै सत्तामा सहभागि हुने अभिव्यक्ति दिइरहेका छन् । राष्ट्रिय सहमतिको व्यक्तिलाई राष्ट्रपति बनाउने एक अस्त्र तथा सुत्र छ त्यसमा के के कुरा लुकेको छ ? सरकार बनेको केबल डेढ महिना हुँदा राजनीतिक वृत्तमा किन यो घटना र परिघटना भइरहेका छन् ? यसै विषयमा आधारित रहेर राजनीतिक विश्लेषक डा. विजय मिश्रसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश-

पार्टीभन्दा अलग व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ भन्ने कुरा आएको छ । यसमा तपाईंको धारणा के छ ?

यो प्रचण्डको इच्छा भने होइन । प्रचण्ड प्रधानमन्त्री हुनुभन्दा अगाडिदेखि नै गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ भन्ने प्रयास भएको हो । गैरराजनीतिक व्यक्ति को हुन सक्छ भन्दा भारतले प्रो ईन्डियन, अमेरिकाले प्रो अमेरिकन, चाइनाले प्रोचाइना जो हो एक गैरराजनीतिक व्यक्ति ल्याउनुपर्छ भन्ने थियो । राष्ट्रपतिमा धेरै गैरराजनीतिक व्यक्तिको नाम जोडिएको थियो ।

राष्ट्रपति पदलाई लिएर नेकपा एमालेप्रति माधव नेपालले पटक पटक किन प्रहार गरेका होलान् ?

यसमा स्याल कराउनु र बाख्रा हराउनु भनेजस्तो भएको छ । पछिल्लो समय सुदूरपश्चिमको राजनीतिमा आएको नाटकीय परिवर्तनले यसको पुष्टि गर्छ । साहित्यमा भनिन्छ नि, सूर्य पनि अस्ताउनका लागि मात्र सुदूरपश्चिम जान्छ । प्रकृतिले पनि सहि र गलत थाहा हुन्छ भन्ने कुरा सहि नै हो जस्तो लाग्यो । सूर्य र एमालेको जहाँ कमजोरी छ त्यहाँ हिट गरेको छ ।

प्रदेशको समस्या केन्द्रसम्म आएको हो ?

विदेशी शक्तिको जालझेल छ । यसले पुरानो गठबन्धनलाई पुनर्जीवित गराउन चाहन्छ । त्यसको प्रभावमा नागरिक उन्मुक्ति पार्टी परेको छ । यो पार्टी सरकारमा गएको भने छैन ।

दुई पात्रलाई राष्ट्रपति बनाउने भन्ने, एक तुरुप फाल्दा पर्ने सम्भावना कति छ ?

केपी ओलीले माधवकुमार नेपालप्रति व्यक्तिगत रिस राखेका छन् । राजनीतिमा जे पनि सम्भव छ । झन् नेपालको राजनीतिमा गोरु ब्याउँछ भन्ने चलन नै रहीआएको छ । सभापतिका कारण राष्ट्रिय स्वतन्त्र पार्टी सबै पदबाट विमुख तथा बदनाम हुन पुगेको छ । सर्वोच्च अदालतभित्र सबैभन्दा बढी प्रभाव एमालेको नै छ । एमाले र नेपाल सरकारले चाहेमा मुद्दा फिर्ता लिन सक्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी विभिन्न समस्याका कारण अल्मलिएको देखिन्छ नि ?

सकारात्मक सोच राखेर भर्खर उदाएको पाटीलाई संरक्षण गर्न सकियो भने नेपालको भविष्य छ भन्ने हाम्रो भावना रहेको हुन्छ । रवि लामिछानेको पत्रकार सम्मेलनमा केटाकेटीपन देखियो भन्ने कुरा पनि आएको छ ।

प्रस्तुति- कुसुम गौतम

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ११ : २५ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील