लोकप्रिय नाराले मात्रै देश चलाउन सकिदैन : नेता सिंह « Khabarhub

लोकप्रिय नाराले मात्रै देश चलाउन सकिदैन : नेता सिंह


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकप्रिय नाराले मात्रै देश चलाउन नसकिने बताएका छन् ।

विजय स्मारक माध्यामिक विद्यालयको ६७ औं वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले कांग्रेस एमाले लगायत पुराना दललाई समेत सरकार चलाउन मुस्किल परिरहेका बेला लोकप्रिय नारा लिएर आउने पार्टीले देश चलाउन नसक्ने बताएका हुन् । उनले लोकप्रिय नारा दिएर सत्तामा पुगेपछि के हुन्छ भन्ने यसपटक देखिएको धारणा राखे ।

राजनीति लगायत जुनसुकै क्षेत्रमा स्थापित हुन योगदान गर्नुपर्ने र धरातल बुझ्नुपर्ने उनको भनाइ छ । त्यस्तै नेता सिंहले मिश्रित निर्वाचन प्रणालीका कारण एउटै दलको बहुमत आउन मुस्किल भएको जिकिर गरे । जनताले नै मिलिजुली सरकार बनाउने म्यान्डेड दिएको अवस्थामा दलहरू पनि त्यसै अनुसार अघि बढ्नुपर्ने उनले बताए ।

नेता सिंहले आफूले निर्वाचनमा उठ्दा जनतासामु गरेका प्रतिवद्धताहरूलाई प्राथमिकतामा राखेको बताए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  ६ : ३९ बजे

चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे

नारायणगढ – चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर