‘देशका लागि गम्भीर भएर सोच्ने बेला आएको छ’  « Khabarhub

‘देशका लागि गम्भीर भएर सोच्ने बेला आएको छ’ 


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विदेशी चलखेलबाट देशलाई बचाउन आवश्यक रहेको बताएका छन् । सत्ताधारी दलले कुर्सीका लागि मात्रै नभई देशका लागि गम्भीर भएर सोच्ने बेला आएको उनको भनाइ थियो । 

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वपः माध्यमिक विद्यालयको २३औँं, ख्वपः कलेजको २१ औँ, शारदा क्याम्पसको ३२ औँ र ख्वपः कलेज अफ लको स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित दुईदिने शैक्षिक प्रदर्शनी एवं पुरस्कार वितरण कार्यक्रममा उनले सो धारणा व्यक्त गरेका हुन् ।  

कार्यक्रमका सभापति ंभनपाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले ख्वपः कलेज, ख्वपः कलेज अफ ल समेत गरी हाल आठवटा कलेजमा देशभरिका ७२ वटा जिल्लाका करिब सात हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको बताए ।

नगरपालिकाले यहाँका विद्यार्थीलाई हरेक वर्ष तीन करोड बराबरको छात्रवृत्ति, पाँच लाखसम्मको शैक्षिक ऋणको व्यवस्था, नेपाल भाषा, इतिहास, भूगोल, संस्कृति र राजनीतिशास्त्र विषयमा विद्यावारिधिसम्म अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको बताए। 

यसैबीच ख्वपः कलेज देकोचामा सञ्चालित दुईदिने शैक्षिक प्रदर्शनी आज सम्पन्न भएको छ । प्रदर्शनीमा सय स्टल र ११ कक्षादेखि स्नातकोत्तर तहसम्मका दुई हजार भन्दा बढी विद्यार्थी सहभागी भएका कलेजका प्राचार्य रूपक जोशीले जानकारी दिए । 

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  ७ : ०५ बजे

सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपियो

महेन्द्रनगर– सरकारले नेपाल–भारत सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपेको

युद्धविरामअघि ओडिसामा घातक हमला

किएभ– अर्थोडक्स इस्टरको अवसरमा घोषणा गरिएको अस्थायी युद्धविराम लागू हुन

संसद्‌मा प्रधानमन्त्री मौन रहनु स्वेच्छाचारी शासनको संकेत : महासचिव पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह जनताप्रति

यस्तो अवस्थामा छ जनकपुर चुरोट कारखाना (तस्बिरहरू) 

 जनकपुरधाम– लामो समयदेखि बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखाना पुनः

कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

बोगोटा– दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबीच जारी