‘देशका लागि गम्भीर भएर सोच्ने बेला आएको छ’  « Khabarhub

‘देशका लागि गम्भीर भएर सोच्ने बेला आएको छ’ 


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विदेशी चलखेलबाट देशलाई बचाउन आवश्यक रहेको बताएका छन् । सत्ताधारी दलले कुर्सीका लागि मात्रै नभई देशका लागि गम्भीर भएर सोच्ने बेला आएको उनको भनाइ थियो । 

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वपः माध्यमिक विद्यालयको २३औँं, ख्वपः कलेजको २१ औँ, शारदा क्याम्पसको ३२ औँ र ख्वपः कलेज अफ लको स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित दुईदिने शैक्षिक प्रदर्शनी एवं पुरस्कार वितरण कार्यक्रममा उनले सो धारणा व्यक्त गरेका हुन् ।  

कार्यक्रमका सभापति ंभनपाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले ख्वपः कलेज, ख्वपः कलेज अफ ल समेत गरी हाल आठवटा कलेजमा देशभरिका ७२ वटा जिल्लाका करिब सात हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको बताए ।

नगरपालिकाले यहाँका विद्यार्थीलाई हरेक वर्ष तीन करोड बराबरको छात्रवृत्ति, पाँच लाखसम्मको शैक्षिक ऋणको व्यवस्था, नेपाल भाषा, इतिहास, भूगोल, संस्कृति र राजनीतिशास्त्र विषयमा विद्यावारिधिसम्म अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको बताए। 

यसैबीच ख्वपः कलेज देकोचामा सञ्चालित दुईदिने शैक्षिक प्रदर्शनी आज सम्पन्न भएको छ । प्रदर्शनीमा सय स्टल र ११ कक्षादेखि स्नातकोत्तर तहसम्मका दुई हजार भन्दा बढी विद्यार्थी सहभागी भएका कलेजका प्राचार्य रूपक जोशीले जानकारी दिए । 

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  ७ : ०५ बजे

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर