कांग्रेसद्वारा सांसद भण्डारीको स्वास्थ्यलाभको कामना « Khabarhub

कांग्रेसद्वारा सांसद भण्डारीको स्वास्थ्यलाभको कामना


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसले पार्टीका नेता एवं गुल्मी क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको स्वास्थ्यलाभको कामना गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी बुधबार राति खाना पकाउने क्रममा ग्यास लिक भई गम्भीर घाइते हुनुभएका नेता भण्डारीको स्वास्थ्यलाभको कामना गरेका हुन् ।

यस्तै उक्त घटनामा परी गम्भीर घाइते भएकी नेता भण्डारीकी आमा हरिकलाको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको घटनाप्रति कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ । नेता डा भण्डारीको श्वासनलीमा तातो हावा र धुवाँका कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना देखिएको र नेपालमा उपचार सम्भव नभएकाले चिकित्सकको सिफारिसबमोजिम थप उपचारका लागि आजै श्रीएयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको कांग्रेसले जनाएको छ ।

लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आउनुभएकी ममतामयी माता ८६ वर्षीया हरिकला भण्डारीको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको बताएको छ । कांग्रेसले स्व हरिकलाको निधनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मृतात्माको चिर शान्तिको कामनाका साथै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  ८ : ४३ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर