सोलुखुम्बुबाट गाई काट्दै गर्दा चारजना पक्राउ « Khabarhub

सोलुखुम्बुबाट गाई काट्दै गर्दा चारजना पक्राउ


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु – सदरमुकाम सल्लेरीमा गाई काट्दै गर्दा चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको महाकुलुङ गाउँपालिका–५ का ३७ वर्षीय राजकुमार राई, निजकी श्रीमती ३९ वर्षीया अस्तीकुमारी राई, ४० वर्षीया फुलमाया रसाइली र निजका छोरा २१ वर्षीय प्रेम रसाइली रहेका छन् ।

उनीहरू सोलुदूधकुण्ड नगरपालिका–५ क्याम्पस टोलबाट पक्राउ परेका हुन् । गाई काट्दै गरेको भन्ने स्थानीयवासीले दिएको गोप्य सूचनाका आधारमा उनीहरूलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए ।

पक्राउ परेका चारैजना सदरमुकाम सल्लेरीमै कोठा भाडामा लिएर बस्दै आएको खुल्नआएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  १० : ०७ बजे

कुवेतको विद्युत् तथा पानी प्रशोधन केन्द्रमा इरानको आक्रमण, खानेपानी आपूर्तिमा चिन्ता

कुवेत– इरानले गरेको आक्रमणबाट कुवेतको विद्युत् उत्पादन तथा समुद्री पानी

स्टार्मरको राजीनामापछि बर्नहम बेलायतको प्रधानमन्त्री बन्ने

एजेन्सी– लेबर पार्टीका वरिष्ठ नेता तथा ग्रेटर म्यानचेस्टरका पूर्वमेयर एन्डी

नेपालको राजनीतिमा ‘वनाना रिपब्लिक’

सर्वप्रथम हामीले ‘वनाना रिपब्लिक’ भनेको के हो ? कहाँबाट सुरु

इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

काठमाडौं– यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले

मधेस विश्वविद्यालयमा तीन नयाँ शैक्षिक कार्यक्रम विस्तार हुँदै

जनकपुरधाम- मधेस विश्वविद्यालयले चालु शैक्षिक सत्र २०८३ देखि थप तीन वटा