‘हरेक नेपालीलाई उद्यमशीलतासहित रोजगारको ग्यारेन्टी हुनुपर्छ’ « Khabarhub

‘हरेक नेपालीलाई उद्यमशीलतासहित रोजगारको ग्यारेन्टी हुनुपर्छ’


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय उद्यमशीलता सम्मेलनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले हरेक नेपालीलाई उद्यमशीलतासहित रोजगारीको ग्यारेन्टी हुनुपर्ने बताएका छन्। उनले मुलुकको विकासका लागि नागरिकलाई उद्यमशील बनाउनु नै राज्यको पहिलो दायित्व हुने धारणा राखे।

स्पेसिफिक विषय लिएर समाजमा विकासका मोडेलहरू स्थापित हुँदै जानेक्रम चलिरहेको बताउँदै उनले त्यसमा नेपाल पनि सफल हुनुपर्ने बताए। ‘स्थानीय स्तरबाट विश्वव्यापी गर्ने, विश्वव्यापी स्तरबाट लोकलमा ल्याउने विचार प्रतिपादित छन्। र, दुवै विचार सफल प्रमाणित गर्न खोजिरहेका छन्। यस्तो अवस्थामा पछाडि पारिएको वर्गलाई उद्यमशीलताको मूल प्रवाहमा ल्याउनुपर्छ उनले भने। उनले जनताको अधिकारको सुनिश्चितताका लागि मुलुकको अर्थतन्त्र बलियो हुनुपर्ने र त्यो उद्यमशीलताबाटमात्रै सम्भव भएको धारणा बताए।

उद्यमशीलताका लागि सरकारले कस्तो नीति अवलम्बन गर्ने भन्ने विषयमा सरकार प्रस्ट नभएको उनको गुनासो छ। उनले संसद्‌मा पनि यो विषयले प्रवेश पाउनुपर्ने महरको ठहर छ। ‘मैले त राजनीति गर्दा निःशुल्क स्वास्थ्य र शिक्षासँगै व्यवस्थित, सर्वसुलभ यातायात, सञ्चार र उद्यमशीलताको रोजगार नै भन्ने गरेको छु’ उनले भने। जनताको सरकार जनताको अधिकार भन्ने नाराका साथ नै आफू हिँडिरहेको महरले प्रस्ट पारे।

आफू नेविसंघको अध्यक्ष हुँदा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिने प्रबन्ध गर्न गर्नुपर्छ भनेर आवाज उठाएको बताए। अहिले कार्यान्वयन नभए पनि यो माग सम्बोधनको चरणमा रहेको बताए। नीतिको अभावले पनि यो विषय प्रक्रियागत रूपमा जान नसकेको बताए।

‘सामाजिक उद्यमशीलता र एनजिओ फेड्रेसनका कुरा गर्दा कहिलेकाहीँ हामी वर्गीय नाफामा कुरा गर्छौँ। तर, ड्युटीका कुराबाट भाग्छौं। अधिकार सबै चाहियो भन्ने गर्छौं,’ उनले भने।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  १ : ४१ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको