पृथ्वी जयन्ती र जनयुद्ध दिवसको बिदा क्यालेण्डरमा समावेश  | Khabarhub Khabarhub

पृथ्वी जयन्ती र जनयुद्ध दिवसको बिदा क्यालेण्डरमा समावेश 


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले पृथ्वी जयन्ती र जनयुद्ध दिवसको सार्वजनिक बिदा क्यालेण्डरमै समावेश गरेको छ ।

शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले २०८० सालका लागि यसअघि भएका बिदामा पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप्ने निर्णय भएको बताएकी छन् ।

२०८० सालको क्यालेण्डर छापिइसकेकाले त्यसपछिका वर्षमा बिदा व्यवस्थित गर्ने निर्णय गरिएको मन्त्री शर्माले जानकारी दिइन् ।

सरकारले गत पुस २७ र फागुन १ मा सार्वजनिक बिदा दिएको थियो । गत फागुन १ गते दिएको जनयुद्ध दिवसको बिदा विवादित बनेको थियो ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ३ : ११ बजे

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न

एकमहिने गुँला पर्व सम्पन्न

भक्तपुर – चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध