वर्तमान सरकार धेरै दिन टिक्न सक्दैन : माधव नेपाल « Khabarhub

वर्तमान सरकार धेरै दिन टिक्न सक्दैन : माधव नेपाल


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने बताएका छन् ।

शुक्रबार उदयपुरको गाईघाटमा कार्यकर्ता भेटघाटका क्रममा अध्यक्ष नेपालले निर्वाचनका वेला एउटा गठबन्धन बनेको र परिणाम आइसकेपछि अर्को अपवित्र गठबन्धन बनेको भन्दै गठबन्धनको सरकार अब धेरै दिन टिक्न नसक्ने बताएका हुन् । अध्यक्ष नेपालले गठबन्धन कै नेताहरूले गठबन्धन लामो समय नटिक्ने बताएको जिकिर गरे ।

 उनले मुलुकको राष्ट्रिय राजनीति अत्यन्तै तरल अवस्थामा बगिरहेकोले यो कुनैपनि वेला जता पनि मोडिन सक्ने स्थितिमा रहेको बताए । नेपालको राजनैतिक आकाशमा अहिले कालोबादल मडारीरहेकोले संघीयता र संविधान माथिनै खतरा रहेको उनले बताए ।

अध्यक्ष नेपाल मोरङ जिल्लाको लेटाङमा शनिबारदेखि सुरु हुने १ नम्बर प्रदेशस्तरीय साताव्यापी कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटनका लागि मदनभण्डारी राजमार्ग हुँदै मोरङ जाने क्रममा गाईघाटमा पुगेका थिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ६ : ३१ बजे

१२औँ अन्तर्राष्ट्रिय फिजियोथेरापी सम्मेलन सम्पन्न

काठमाडौं– नेपाल फिजियोथेरापी सङ्घ (नेप्टा) द्वारा आयोजित १२औं अन्तर्राष्ट्रिय फिजियोथेरापी

घरको नक्सा पास र अभिलेखीकरण नगरे सेवाबाट वञ्चित गरिने

चितवन– यहाँको माडी नगरपालिकाले घर तथा जग्गाको नक्सा पास र

हनुमान र हिराको कथा सुनाउँदै सुदनले भने- नेपालीको भाग्य र भविष्यको तस्बिर खोज्दैछौँ

काठमाडौं– राजनीतिक पुनर्संरचनाको अभियान चलिरहेका बेला आइतबार काठमाडौंमा नयाँ राजनीतिक

गृहमन्त्रीलाई जेन-जीले भने- भदौ २३ र २४ गतेका घटनाका दोषीलाई कारबाही गर्नुस्

काठमाडौं– जेन-जी युवाको एक समूहले भाद्र २३ र २४ गतेको

द वीकेन्डको ‘आफ्टर आवर्स टिल डन’ टूरले तोड्यो सबै रेकर्ड, कमाइ कति ?

काठमाडौं– क्यानेडियन पपस्टार द वीकेन्डले आफ्नो विश्व भ्रमण ‘आफ्टर आवर्स