मधानी यज्ञमा उपराष्ट्रपति पुन | Khabarhub Khabarhub

मधानी यज्ञमा उपराष्ट्रपति पुन


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले ‘मधानी’ यज्ञको शुभारम्भ गरेका छन् । महाशिवरात्रि पर्वको उपलक्ष्यमा जिल्लाको मौलापुर नगरपालिकास्थित पतौरको शिव मन्दिरमा आयोजना गरिएको यज्ञको उनले दीप प्रज्ज्वलित गरेर सुरुआत गरेका हुन्।

उपराष्ट्रपति पुनले पतौर शिव मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्ने प्रतिबद्धता जनाए । उनले कालरात्रि र शिवरात्रि हिन्दूहरूका महान पर्वका रुपमा रहेको र शिवरात्रिका दिन मधानी यज्ञ हुनु राष्ट्रका लागि शुभ सङ्केत भएको बताए।

मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्रले बम्ह, विष्णु र महेशश्वर भगवान् जन्म भएको पतौरा मन्दिरमा मधानी यज्ञ भएकामा मौलापुरवासी भाग्यमानी भएको बताए । मधेस प्रदेशका पर्यटन एवं उद्योगमन्त्री सुनिता यादवले मधेसमा रहेका मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न अध्ययन भइरहेको बताए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ८ : ०८ बजे

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न

एकमहिने गुँला पर्व सम्पन्न

भक्तपुर – चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध