आर्थिकरूपमा देशलाई समृद्ध बनाउन सरकार, निजी क्षेत्र मिल्नुपर्छ : सभामुख घिमिरे « Khabarhub

आर्थिकरूपमा देशलाई समृद्ध बनाउन सरकार, निजी क्षेत्र मिल्नुपर्छ : सभामुख घिमिरे


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आर्थिकरूपमा देशलाई समृद्ध बनाउनका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताए ।

बिर्तामोड उद्योग वाणिज्य सङ्घले आयोजना गरेको १० दिने अन्तर्राष्ट्रिय औद्योगिक महोत्सवको आज समुद्घाटन गर्दै उनले देशको अर्थतन्त्र सङ्कटमा पर्दै गएकाले मिलेर समाधान गर्नुपर्ने बताए । उनले संसद्मा आर्थिक अवस्था सुधारका लागि भूमिका निर्वाह गर्नेसमेत बताए ।

उनले महोत्सवको आयोजना गरेर आर्थिक अवस्थालाई चलायमान बनाउन भूमिका निर्वाह गरेको भन्दै बिर्तामोड उद्योग वाणिज्य सङ्घको प्रशंसा गरे । उनले झापाका पर्यटकीय क्षेत्रको विकासका लागि पनि वाणिज्य सङ्घले भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आफ्नो तर्फबाट सदैव सहयोग हुने बताए ।

यही फागुन १५ गतेसम्म चल्ने महोत्सवमा नेपालसहित भारत, बङ्गलादेश र पाकिस्तानको समेत दुई सयभन्दा बढी व्यावसायिक स्टल रहेका छन् । महोत्सवमा रु ४५ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक राजु न्यौपानेले बताए ।

कार्यक्रममा उपसभामुख इन्दिरा रानामगरले बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव प्रदेश नं १ कै गौरवको विषय भएको बताए । उनले सबै पक्षको सहकार्यमा महोत्सव सफल हुने विश्वास व्यक्त गरे । उपसभामुख रानाले समृद्ध मुलुक निर्माणका लागि कृषि उत्पादनमा लाग्नुपर्ने, महिला उद्यमीले आत्मनिर्भर हुँदै सीप हस्तान्तरण गर्दै जानुपर्ने बताए ।

कार्यक्रममा प्रदेश नं १ का उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौला र सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष तथा नेपाल वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकालले आर्थिक मन्दीका बीच पनि महोत्सवको आयोजना गरेर स्वदेशी उत्पादनहरूको बजारीकरण गर्न खोज्नु सराहनीय भएको धारणा राखे।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ९ : ५४ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा