आजको मौसमः प्रदेश १ र पहाडी क्षेत्रमा आंशिक बदली « Khabarhub

आजको मौसमः प्रदेश १ र पहाडी क्षेत्रमा आंशिक बदली


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश नम्बर १ को पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ।

उता राति भने प्रदेश नम्बर १, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशका भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको र तराईका थोरै भू-भागमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले सतकर्ता अपनाउन महाशाखाले जानकारी दिएको छ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ७ : ०२ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र