लिम्बू समुदायको राष्ट्रिय सम्मेलन चितवनमा हुने  « Khabarhub

लिम्बू समुदायको राष्ट्रिय सम्मेलन चितवनमा हुने 


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

चितवन– लिम्बू समुदायको साझा संस्था किरात याक्थुङ चुम्लुङको २४ औँ राष्ट्रिय सम्मेलन यही फागुन ७ र ८ गते चितवनमा हुने भएको छ । सम्मेलनमा १३ जिल्लाका दुई सय ८८ प्रतिनिधिको सहभागिता हुने चुम्लुङका महासचिव निरन्ती तुम्बापोले जानकारी दिए ।

 उनका अनुसार सम्मेलनमा सांगठनिक तथा प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गर्दै एक वर्षे नीति तथा कार्यक्रम तय गर्ने महासचिव तुम्बापोले जानकारी दिए। सम्मेलनमा ऐतिहासिकस्थलको संरक्षण, अमूर्त सांस्कृतिक सम्पदाको सूची निर्माण, समाधिस्थलको संरक्षणलगायतका विषयमा छलफल हुने छ ।

चुम्लुङका उपाध्यक्ष कमल लिम्बूले विसं २०७८ को जनगणनाअनुसार नेपालमा तीन लाख ८७ हजार बढी जनसङ्ख्या रहेको बताए । किरातीको भाषा संस्कृति जगेर्ना गर्ने उद्देश्यले २०४६ सालमा यो संस्था स्थापना भएको थियो ।

यहाँ एक हजारको हाराहारीमा लिम्बू समुदायको बसोबास छ । पूर्वी पहाडी जिल्लामा बढी बसोबास गर्ने लिम्बू समुदाय पछिल्लो समय सहरी र तराई क्षेत्रमा  बसोबास गर्दै आएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  १२ : ११ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना