कांग्रेस-माओवादी प्यानललाई हराउँदै एमाले विजयी | Khabarhub Khabarhub

कांग्रेस-माओवादी प्यानललाई हराउँदै एमाले विजयी


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको रावाबेँसी गाउँपालिका-६ हौंचुरस्थित शारदा माविको व्यवस्थापन समिति चयनका क्रममा दलीय आधारमा चुनाव भएको छ । नयाँ व्यवस्थापन समिति चयनका क्रममा सहमती नजुटेपछि अभिभावकबीचमै दलीय आधारमा निर्वाचन भएको हो । 

व्यवस्थापन समितिका लागि कांग्रेस र माओवादी केन्द्र समर्थकको एउटा प्यानल तथा एमाले समर्थकको अर्को प्यानल खडा गरेर शुक्रबार निर्वाचन गरिएको हो । निर्वाचनमा कांग्रेस-माओवादी केन्द्रको प्यानललाई हराउँदै एमालेको प्यानल विजयी भएका छन् । 

व्यवस्थापन समितिका लागि पूर्व वडाध्यक्ष समेत रहेका यज्ञ नारायण श्रेष्ठले ७७ मत, वीरबहादुर रोक्काले ७० मत, खड्गकुमारी बरुवालले ७७ मत र मनकुमारी श्रेष्ठले ८४ मत ल्याएर विजयी भएका छन् । यस्तै, कांग्रेस-माओवादी केन्द्र प्यानलका सुरेन्द्र राईले ६६ मत, हरि राईले ६३ मत, डोमु शेर्पाले ६५ मत र विष्णुकुमारी बस्नेत (खड्का) ले ६५ मत पाएर पराजित भएका छन् । निर्वाचनमा कुल १४८ जना अभिभावकले मत हाल्दा १० मत बदर भएको थियो ।

 पटक-पटकको छलफलमा सहमति नजुटेपछि दुई महिला र दुई पुरुष सदस्यका लागि आठ जनाले उम्मेद्वारी दर्ता गरेका थिए । विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकिएसँगै अर्को समिति गठनका लागि विद्यालयले पत्राचार गर्दै गत माघ २७ गते अभिभावकलाई बोलाएको थियो । सो भेलामा व्यवस्थापन समितिमा बस्न २५ जनाले आकांक्षा देखिएपछि पटक-पटक छलफल गर्दा पनि सहमति जुट्न नसकेको प्रअ हर्कबहादुर कार्कीले बताए । 

निर्वाचनबाट चुनिएका चार सहित विद्यालय व्यवस्थापन समितिमा नौ जना रहने व्यवस्था छ । प्रधानाध्यापक स्वतः सदस्य सचिव रहने व्यवस्था छ । निर्मला कार्कीलाई शिक्षक प्रतिनिधिबाट छनौट गरिएको छ । वडाध्यक्ष चिरञ्जीवी कार्की स्वतः पदेन सदस्य रहन्छन् । सात जनाको बैठकले पुःन दुई सदस्य मनोनित गर्ने व्यवस्था छ । 

पछिल्लो समय जिल्लाका कतिपय सामुदायिक विद्यालयको व्यवस्थापन समिति राजनैतिक दलको शक्ति परीक्षण गर्ने साधन बन्दै गएको छ । आफ्नो शक्ति परिक्षण तथा व्यवस्थापन समिति, विद्यालय र सिंगो वडामा आफ्नो ‘पकड’ जमाउने भित्री स्वार्थ बोकेका दलहरूको कारण विद्यालयमा अनपेक्षित निर्वाचन हुने गरेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  १ : ४२ बजे

पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘म पानी हुँ’ गीतको लोकार्पण

बाढीले पुल बगाएका स्थानमा फड्के निर्माण

पाँचथर – यही असोज १२ गते आएको बाढीले पुल बगाएका

इजरायलद्वारा हिजबुल्लाहको खुफिया मुख्यालयमा आक्रमण

बेरुत – इजरायली सेनाले बिहीबार लेबनानको राजधानीमा हिजबुल्लाहको खुफिया मुख्यालयमा

विश्वशान्ति र समृद्धिका लागि चुनौती बढ्दो छ : परराष्ट्रमन्त्री राणा

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले विश्वमा शान्ति र

पशुपतिमा नवरात्री महोत्सव सुरु

काठमाडौं – वडा दशैंको अवसरमा पवित्र धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा