नामिबियाविरुद्ध ज्ञानेन्द्र मल्लको अर्धशतक  « Khabarhub

नामिबियाविरुद्ध ज्ञानेन्द्र मल्लको अर्धशतक 


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी नामिबियाविरुद्धको खेलमा नेपालका ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गरेका छन् ।

तेस्रो नम्बरमा ब्याटिङमा आएका उनले ६४ बलमा अर्धशतक पूरा गरेका छन् । उनले ५ चौका र २ छक्काको मद्दतमा ५० रन जोडेका हुन् । खेलमा उनले कुल ७४ बलमा ६५ रन जोडेर आउट भए । उनले ५ चौका र ३ छक्का हाने । उनले र आशिफ शेखले दोस्रो विकेटका लागि १४८ रनको साझेदारी गरेका छन्  ।

टियु किकेट मैदानमा यतिखेर नेपाली फ्यानहरूको घुइँचो लागेको छ । नेपाली टोलीलाई उत्साह दिन हुटिङ गरिरहेका छन् ।
जारी म्याचमा नेपाललाई नामिबियालाई महत्वपूर्ण २७५ रनको लक्ष्य दिएको छ ।

किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु भएको नेपालले टस जितेर बलिङ गरेको थियो । हिजो नेपालले नेपालले स्कटल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो ।  त्रिवि मैदानमा स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर ४७ ओभरमा पूरा गरेको थियो। 

 लिग-२ मा शीर्ष तीनमा परेर विश्वकप छनोटमा पुग्न नेपालका लागि एक महिनाको बीचमा तीन वटा एकदिवसीय त्रिकोणात्मक सिरिजका १२ खेल खेल्दैछ। जसमा सुरुवाती दुई खेलमा नेपाल विजयी भएको छ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ३ : ४५ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार ९ गते मंगलबार सन् २०२६

आज २०८३ साल असार ९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ९ गते मंगलबार सन् २०२६

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश

काठमाडौं – लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका