अमेरिकामा फेरि गोलिकाण्ड, छ जनाको मृत्यु « Khabarhub

अमेरिकामा फेरि गोलिकाण्ड, छ जनाको मृत्यु


६ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको मिसिसिपी राज्यको टेट काउन्टीमा शुक्रबार भएको शृङ्खलाबद्ध गोलीकाण्डमा कम्तीमा छ जनाको मृत्यु भएको छ ।

अमेरिकी टेलिभिजन सञ्जाल सीएनएनका अनुसार सो घटना अर्काबुतला क्षेत्रमा भएको थियो । टेट काउन्टीका शेरिफ ब्राड लान्सले दिएको जानकारी अनुसार एउटा घटना अर्काबुतला रोडको स्टोर भित्र भएको थियो र सो घटनामा एक व्यक्तिलाई गोली हानिएको थियो ।

घटनामा संलग्न रहेको आशङ्कामा एकजनालाई नियन्त्रणमा लिइएको पनि स्थानीय अधिकारीले बताएका छन् ।

त्यसैगरी अर्काबुतला बाँध रोडमा रहेको घरभित्रै एक महिलाको पनि हत्या भएको र उनका श्रीमान् पनि घाइते भएको पाइएको छ ।

अर्काबुतला रोडमा एक सवारी साधनभित्र संदिग्ध व्यक्ति देकिएपछि टेट काउन्टीका प्रतिनिधिहरूले उनलाई नियन्त्रणमा लिएका छन् । उनको गिरफ्तारीपछि मारिएका थप अन्य चार व्यक्तिहरू फेला परेका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले सो हिंसामा मारिएकाहरूप्रति शोक व्यक्त गरेका छन् । साथै राष्ट्रपति बाइडेनले बन्दुकसम्बन्धी कानूनमा सुधारको आवश्यकता समेत औल्याएका छन् । घटनाबारे अनुसन्धान जारी रहेकाले विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ५ : ०५ बजे

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित